मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यश : बस ड्राइभरका सुपरस्टार छोरा

फिल्मीखबर, काठमाडौं, 2024/10/13

KGF Chapter 2 Actor Yash With His Parents and Wife | Sister, Son, Daughter,  Nephew - YouTube

 

साउथ सुपरस्टार यशलाई फिल्म ‘केजिएफ’को दुईवटा श्रृंखलाको सफलताले करिअरको उचाइँमा पुर्‍यायो । यही फिल्मका कारण विश्वभर ठूलो ख्याती कमाएका उनी यतिबेला साउथका सर्वाधिक डिमान्डेड र महंगा अभिनेतामा पर्छन् । थुप्रै कन्नड फिल्ममा अभिनय गरिसकेका ३८ वर्षिय यश ‘रकिङ स्टार’को रुपमा चिनिन्छन् । उनको वास्तविक नाम भने नवीन कुमार गौडा हो ।

सन् २००७ मा फिल्म ‘जम्बाडा हुडुगी’बाट अभिनय करिअर सुरु गरेका उनले सन् २००८ मा आएको दोस्रो फिल्म ‘मोग्गिना मानसु’बाट सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । यही फिल्मले उनलाई दर्शकको ठूलो वर्गमा चिनायो । त्यसयता ‘राजधानी, ड्रामा, गुगली, राजा हुली, मिस्टर एन्ड मिसेज रामाचारी, मास्टरपीस’ लगायतका फिल्ममा अभिनय गरिसकेका उनी यतिबेला आफ्नो आगामी फिल्म ‘टक्सिस’को छायांकनमा व्यस्त छन् ।

‘केजिएफ’को सफलतापछि एउटा फिल्मका लागि एक सय करोडमाथि पारिश्रमिक बुझ्ने गरेका यशका पिता अरुण कुमारले भने वर्षौंदेखि ‘बिएमटिसी ट्रान्सपोर्ट सर्भिस’मा बस ड्राइभरको काम गर्दै आइरहेका छन् । उनलाई आफ्नो काम असाध्यै मनपर्छ । यसैले छोरा सुपरस्टार भए पनि उनले ड्राइभरी पेशा छाडेका छैनन् । यशकी आमा भने गृहणी हुन् । उनकी एक बहिनी (नन्दिनी) पनि छिन् ।

मैसूरमा आफ्नो बाल्यकाल विताएका यश फिल्मको हिरो बन्न भन्दै घरबाट भागेर बैंग्लोर पुगेका थिए । त्यही उनले अभिनय सिक्नका लागि ‘बिनाका थिएटर ट्रूप’ ज्वाइन गरेका थिए । यसपछि उनले केही वर्ष टीभी सिरियलमा काम गरे । र, सन् २००७ मा फिल्ममा ‘ब्रेक’ पाएका थिए । ‘मोग्गिना मानसु’मा काम गर्ने क्रममा उनको अभिनेत्री राधिका पन्डितसँग प्रेम बसेको थियो । र, सन् २०१६ मा उनीहरुले विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।

Most Visited News (monthly)