मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्यालेन्टाइन डेलाई ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/10/13

600

 

लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरमा एक व्यक्ति हातमा बेल्चा लिएर प्रस्तुत छन्, तर ती पात्रको अनुहार देखाइएको छैन । उनको अगाडि ट्रकको तीनवटा बत्ती बलेका छन् । पोस्टरले फिल्म सस्पेन्स-थ्रिलर कथामा बनेको संकेत गर्छ । निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जनाएका छन् । उनका अनुसार, फिल्मको छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अनिरुद्द आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् । फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । यसमा हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

Most Visited News (monthly)