मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

मुहूर्तसँगै छायांकनमा निस्कियो ‘फेरि रेशम फिलिली’

फिल्मीखबर, काठमाडौं, 2024/10/14

Feri Resham Filili

 

९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ । दशैंको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’को दृश्य खिच्न सुरु गरिएको हो । नवमीको दिन ‘एनिमेडेट’ टिजर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको थियो, जसले फिल्मको कथासार बुझाउँछ ।

निरोज महर्जनले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेती लगायतको अभिनय रहनेछ । विनय र कामेश्वर ‘रेशम फिलिली’मा पनि शीर्ष भूमिकामा थिए । अभिनेत्री मेनुका प्रधान भने दोस्रो भागमा दोहोरिएकी छैनन् ।

 

Feri Resham Filili


रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । सह-निर्माता एनी थापा हुन् । सुशन प्रजापतिको छायांकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । पटकथा लेखनमा निर्देशक महर्जनलाई आकाश बरालको सघाएका छन् । गीतमा भने कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माले संगीत भरेका छन् ।

Most Visited News (monthly)