मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्वाधिक ‘ट्याक्स’ तिर्ने १० भारतीय सेलिब्रेटी, पहिलो नम्बरमा शाहरुख

एजेन्सी, काठमाडौं, 2024/10/15

Shah Rukh Khan, Vijay and Salman Khan are the top three celebrity taxpayers in 2024.

 

भारतीय कलाकारले फिल्म तथा विज्ञापनमा बुझ्ने पारिश्रमिकलाई लिएर मिडियामा ठूलो चर्चा हुने गर्छ । बलिउड र साउथका ठूला स्टारले एउटा फिल्ममा काम गरेबापत २ सय करोडसम्म पारिश्रमिक लिने गरेका छन् । र, आम्दानीबापत उनीहरुले सरकारलाई करोडौंमा ‘ट्याक्स’ (कर) पनि तिर्ने गरेका हुन्छन् । आर्थिक वर्ष २०२३/२४ मा सर्वाधिक ‘ट्याक्स’ तिर्ने भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक भएको छ ।

भारतमा सबैभन्दा बढी ‘ट्याक्स’ तिर्ने सेलिब्रेटी शाहरुख खान बनेका छन् । उनले ९२ करोड ‘ट्याक्स’ तिरेको जनाइएको छ । २०२३ मा उनका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ले बक्स अफिसमा राम्रो कमाई गरेका थिए भने त्यसमा काम गरेबापत उनले ठूलो पारिश्रमिक बुझेका थिए । ‘पठान’ र ‘जवान’को सफलतापछि उनको ‘नेटवर्थ’मा मात्र ८ प्रतिशत वृद्धि भएको छ ।

शाहरुखपछि सबैभन्दा बढी ‘ट्याक्स’ तिर्नेमा तमिल सुपरस्टार थलापति विजय छन् । उनले ८० करोड ‘ट्याक्स’ तिरेका छन् । उनी तमिलका सबैभन्दा महंगा अभिनेता समेत हुन् । तेस्रो नम्बरमा भने बलिउड सुपरस्टार सलमान खान छन् । उनले ७५ करोड ‘ट्याक्स’ जम्मा गरेको फर्च्यून इन्डियाले जनाएको छ । चौंथो नम्बरमा ७१ करोड ‘ट्याक्स’ तिर्दै अमिताभ बच्चन छन् भने पाँचौं नम्बरमा अजय देवगन परेका छन् । उनले ४२ करोड ‘ट्याक्स’ तिरेको जनाइएको छ ।

त्यस्तै, छैटौं नम्बरमा रणवीर कपूर (३६ करोड), सातौं नम्बरमा ऋतिक रोशन (२८ करोड), आठौं नम्बरमा कपिल शर्मा (२६ करोड), नवौं नम्बरमा करीना कपूर (२० करोड) र दशौं नम्बरमा अभिनेता शाहिद कपूर (१८ करोड) छन् । आर्थिक वर्ष २०२२/२०२३ मा २५ करोड ‘ट्याक्स’ तिरेर आयकर विभागबाट प्रमाणपत्र समेत प्राप्त गरेका अभिनेता अक्षय कुमारको नाम यस वर्ष भने ‘टप १०’मा पनि अट्न सकेको छैन । बलिउड सुपरस्टार आमिर खानले भने १० करोड ‘ट्याक्स’ तिरेका छन् ।

Most Visited News (monthly)