मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहीबारदेखि निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने

फिलमीखबर, काठमाडौं, 2024/10/16

असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। बस्नेतले भनेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद। तर भोलीदेखि (अक्टोबर १७) नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ।”

 



बस्नेतले हलहरूको व्यवस्थापनले नेपाली फिल्मलाई उचित प्राथमिकता नदिएको आरोप लगाएका छन्। उनले आफ्नो फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त शो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्। उनले भविष्यमा हलहरूको विकल्प खोज्नुपर्ने सङ्केतसमेत गरेका छन्।

फिल्मको वितरण कम्पनी डिसिएनका अध्यक्ष अशोक शर्माले पनि नेपाली फिल्मप्रति हल व्यवस्थापनको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै हलहरूमा अकुपेन्सी हुँदाहुँदै पनि नेपाली फिल्मलाई पर्याप्त शो नदिएको भन्दै आलोचना गरेका छन्। शर्माले हाउसफुल शो पनि हटाइने प्रवृत्तिप्रति आपत्ति जनाएका थिए।

बस्नेतले ‘बेहुली फ्रम मेघौली’ चाँडै नै नयाँ ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत दर्शकहरूसँग उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।

Most Visited News (monthly)