मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ

फिलमीखबर, काठमाडौं, 2024/10/16

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ भएको छ। उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान ललितपुरको सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।

छोरीको जन्मसँगै विपिनले आफ्नो परिवारमा लक्ष्मीको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफ्नो फिल्म ‘ऊनको स्वीटर’ को बाँकी छायांकनमा फर्किने तयारीमा रहेका छन्।

विपिन कार्की अहिले विभिन्न अन्य फिल्ममा पनि व्यस्त छन्। ‘ऊनको स्वीटर’ पछि उनले नेपाली फिल्मी जगतका प्रतिष्ठित निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको ‘पहाड’ र सौरभ चौधरीको ‘कर्मा’मा काम गर्नेछन्।

Most Visited News (monthly)