मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मीपूजाबाट सरेर माघ १६ मा पुग्यो प्रदीपको ‘एक्टर’

फिल्मीखबर, काठमाडौं, 2024/10/17

actor

 

तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पोस्टरदेखि टिजरसम्म सार्वजनिक भइसकेको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ तीन महिना पछाडि सरेको छ । बिहीबार निर्माण कम्पनी अदृत फिल्म्सले विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण अब माघ १६ गते फिल्मलाई रिलिज गरिने जनाएको छ ।

लक्ष्मीपूजाबाट फिल्मलाई ‘पोस्टपोन्ड’ गर्नुमा निर्माताले प्राविधिक कारण देखाए पनि त्यो बहाना मात्र हो । तिहारमा आउन लागेका बलिउडका दुई ठूला फिल्म ‘सिंघम ३’ र ‘भूल भूलैयाँ ३’को चेपुवामा पर्ने डरले फिल्मलाई पछाडि सारिएको देखिन्छ । किनकि, यी दुवै नेपालमा राम्रो व्यापार गर्न सक्ने फिल्म हुन् । र, लक्ष्मीपूजामा नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि आउँदैछ । धेरै फिल्म रिलिज हुँदा व्यापार प्रभावित हुनसक्ने भयले ‘एक्टर’को रिलिज ‘पोस्टपोन्ड’ गरिएको प्रष्ट छ ।

नयाँ मितिमा पनि निर्माताले विदा नै रोजेको छ । माघ १६ गते (बुधबार) आउँदा ‘एक्टर’ले लगातार दुई दिन विदा पाउँछ । माघ १६ गते शहीद दिवस र माघ १७ गते सोनाम लोसारको विदा परेको छ । अहिलेसम्म यो मितिलाई अन्य फिल्मले ‘बुक’ गरिसकेका छैनन् । यसको अघिल्लो साता अर्थात् माघ ११ गते भने फिल्म ‘के घर के डेराः घर नम्बर २’ प्रदर्शनमा आउने तयारीमा छ ।

राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर’मा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । दिव्याले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् । उनी चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । राजबल्लभले भने यही फिल्मबाट करिब १० वर्षपछि कमब्याक गरेका छन् ।

Most Visited News (monthly)