मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2024/10/17

Bijay Baral, Buddhi Tamang, Prakash Saput

 

तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

बाबु र छोराबीचको सम्बन्धलाई मियो बनाएर फिल्मले जीविकोपार्जनका लागि गन्धर्व समुदायले गर्ने संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथा उठाएको छ । ट्रेलरले अभिनेता विजय बरालले निभाएको पूर्णबहादुर पात्रलाई पछ्याउँछ, जसले छोरालाई शिक्षित बनाउने सपना देखेको छ । उनको छोराको भूमिका अभिनेता प्रकाश सपूतले निभाएका छन् । तर, ट्रेलरमा विजय बढी हावी छन् । उनको अभिनय मर्मस्पर्शी लाग्छ । उनलाई जवान र वृद्ध गरी दुई रुपमा देख्न सकिन्छ । 

ट्रेलर रिलिज कार्यक्रममा विजयले आफूले पहिलो पटक फिल्ममा बुबाको भूमिकामा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मैले फिल्ममा पहिलो पटक यस्तो चरित्र पाएँ, जुन म थिएटरमा बढी प्रयोग गर्थेँ । फिल्ममा यो मेरो फरक चरित्र हो । दर्शकले मलाई अर्कै रुपमा हेर्न पाउनुहुन्छ,’ उनी भन्छन्, ‘यसमा सम्बन्ध र प्रेमको कथा छ । दर्शकलाई फिल्मले ‘कनेक्ट’ गर्छ भन्ने विश्वास छ ।’

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसहित अन्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

Most Visited News (monthly)