मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिरफिरे फिरिरी’को आइटम गीतमा अलिशाको ठुम्का

फिल्मीखबर, काठमाडौं, 2024/10/17

Alisha Sharma

 

छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को आइटम गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत् सार्वजनिक ‘टिमिक्कै चोली’ बोलको गीतमा अनु चौधरीको पार्श्व गायन छ भने प्रशान्त सिवाकोटीको शब्द रचना तथा संगीत छ ।

गीतको भिडियोमा मोडल अलिशा शर्माको आकर्षक नृत्य देख्न सकिन्छ । उनी फिल्मको यो गीतमा मात्र देखिनेछिन् । उनीसँगै गीतमा फिल्मका मुख्य कलाकारहरु सन्दीप श्रेष्ठ, मनोज कुमार अधिकारी लगायत पनि नृत्य गर्दै प्रस्तुत छन् । फिल्मको कथावाचनमा यो गीत महत्त्वपूर्ण रहेको निर्देशक नविन भट्टले बताएका छन् ।

मनोज कुमार अधिकारी निर्माता तथा नितिश पुन सह-निर्माता रहेको फिल्ममा भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतको पनि अभिनय छ । यसमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन र रंग संयोजन छ ।

 

Most Visited News (monthly)