मिति : २०८१ कार्त्तिक २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कर्मा’मा विपिन एक्सन भूमिकामा, चैत २९ गतेलाई प्रदर्शन निश्चित

फिल्मीखबर, काठमाडौं, 2024/10/18

bipin karki

 

गत वर्षको ‘सेमी हिट’ फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ एक्सन फिल्म ‘कर्मा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार एक पोस्टरमार्फत् फिल्ममा विपिनको प्रवेशबारे जानकारी गराइयो । पोस्टरमा उनलाई जिममा बारबेल उचाल्दै गरेको देख्न सकिन्छ । फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछन् ।

‘कर्मा’मा विपिन गत भदौमा नै अनुबन्ध भएका हुन् । उनले दुई सातादेखि शरीर सुगठित बनाउन जिममा मिहिनेत गरिरहेका छन् । उनलाई पहिलो पटक एक्सन भूमिकामा हेर्न दर्शकलाई रोचक हुनेछ । आगामी मंसिर दोस्रो सातापछि छायांकनमा जान लागेको फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ ।

फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्साल निर्मातामा छन् । तत्काल विपिनबाहेक फिल्ममा अरु कलाकार निश्चित भएका छैनन् । यसमा कलाकारको ‘लाइनअप’ बलियो हुने जनाइएको छ ।

Most Visited News (monthly)