मिति : २०८१ कार्त्तिक ३, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म ‘पूजा, सर’को कार्यकारी निर्मातामा जोडिए अनुराग

फिल्मीखबर, काठमाडौं, 2024/10/19

Anurag Kashyap Pooja, Sir

 

विश्व प्रतिष्ठित फेस्टिभलहरु चहारिरहेको दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’लाई लिएर एउटा महत्त्वपूर्ण खबर बाहिरिएको छ । फिल्मको कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन् । हलिउड म्यागजिन भेराइटीले यसबारेमा समाचार प्रकाशन गर्दै च्यानल फोरले यूके र आयरल्यान्डका लागि फिल्मको राइट्स खरिद गरेको पनि जनाएको छ ।

अनुराग बलिउडका सफल निर्देशक मानिन्छन् । ‘ग्याङ्स अफ वासेपुर’बाट निर्देशनमा आफूलाई स्थापित गरेका उनी कलाकार पनि हुन् । उनले ‘एके भर्सेस एके’, ‘भूतनाथ रिटर्न्स’, ‘अकिरा’ जस्ता फिल्ममा काम गरेका छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘महाराजा’ निकै चर्चित रह्यो । गत भदौमा उनी नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं पनि आएका थिए ।

‘पूजा, सर’ यस वर्ष (२०२४)को सुरुवातमा भेनिस फिल्म फेस्टिभलमा छनोट भएर प्रदर्शन भएको थियो । त्यहाँ उपस्थित दर्शकले फिल्मलाई १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । यसपछि मुम्बई फिल्म फेस्टिभल, बुसान जस्ता प्रतिष्ठित फेस्टिभलमा पनि फिल्म प्रदर्शन भइसकेको छ । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

स्विट्जरल्यान्ड, जर्मनी र अस्ट्रिया जस्ता देशमा पनि बिक्री भइसकेको ‘पूजा, सर’ सत्य घटनाबाट प्रेरित रहेको जनाइएको छ । फिल्मले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

आशा मगरतीको शीर्ष भूमिका रहेको फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, पशुपति राई, पुष्पा यादव लगायतको पनि अभिनय छ । फिल्मको निर्माण आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बासुरी फिल्म्सका लागि रामबाबु गुरुङ र ट्यानहौसर गेटका लागि एलन आर. मिलिगनले गरेका हुन् ।

Most Visited News (monthly)