मिति : २०८१ कार्त्तिक ४, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ज्वाइँ साब’ले ३ करोड २५ लाख कमाएको दाबी

फिल्मीखबर, काठमाडौं, 2024/10/20

Jwai Sab

 

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण अपेक्षित शो पाउन सकेन । ‘ओपनिङ’ पनि सन्तोषजनक नहुँदा शो झनै खुम्चियो । तर, ‘वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि फिल्मले गति समात्यो । दशैंको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको फिल्मले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ ।

यसैबीच, निर्माण कम्पनी रेड आई फिल्म्सले फिल्मको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार एक पोस्टरमार्फत् फिल्मले ३ करोड २५ लाख कमाएको जनाइएको छ । यो ग्रस व्यापार हो । अर्थात् यसमा हलको सेयर र वितरकको कमिसन काटिएको छैन । निर्माताले सार्वजनिक गरेको व्यापारिक आँकडा हेर्दा फिल्मको लगानी सुरक्षित भएको देखिन्छ । किनकि, यो फिल्म बढीमा डेढ करोडमा बनेको हो । फिल्मले एक करोड कमाउँदा निर्मातालाई ४५ लाखसम्म सेयर आउँछ ।

दशैं अवधिभर न्यून शो पाएको ‘ज्वाइँ साब’ले विस्तारै शो थप्न थालेको छ । निर्देशक वसन्त निरौलाका अनुसार सुरुमा नलगाएका हलले पनि फिल्म चलाउन थालेका छन् । शो र दर्शक दुवै बढ्न थालेकाले फिल्म तिहारसम्म जाने उनको विश्वास छ । यद्यपि, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले फिल्मलाई ठूलो असर गरेको छ । तथापि, यी दुई फिल्मको ‘ओभरफ्लो’ पनि ‘ज्वाइँ साब’ले खाइरहेको छ । यो हिसाबले फिल्मलाई फाइदा पनि भएको देखिन्छ ।

फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतको अभिनय छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने रोचक विषयवस्तु उठाएको फिल्मले पारिवारिक दर्शकलाई आकर्षिक गरेको देखिन्छ ।

Most Visited News (monthly)