मिति : २०८१ कार्त्तिक ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’ : ट्रेलर ट्रेन्डिङमा, प्रतिक्रिया अब्बल

फिल्मीखबर, काठमाडौं, 2024/10/20

गन्धर्व समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । ‘काँधेकुरी’ गीत रिलिजपछि चर्चामा रहेको फिल्मले गत बिहीबार सार्वजनिक ट्रेलरबाट पनि राम्रो ‘हाइप’ निर्माण गरेको छ । युट्युबमा ट्रेलरलाई आकर्षक भ्यूज मिलेको छ भने प्रतिक्रिया पनि सकारात्मक प्राप्त छ ।

 

Bijay Baral


युट्युबको फिल्म सेक्सनतर्फ ट्रेन्डिङको छैटौं नम्बरमा रहेको ट्रेलरलाई साढे ६ लाख बढीले हेरिसकेका छन् । यसले फिल्मप्रति दर्शकको उत्साह बोल्छ । ट्रेलर हेरेर प्रतिक्रिया जनाउनेको संख्या भने १४ सय बढी छ । र, अधिकांशले फिल्मको कथावस्तु र अभिनेता विजय बरालको अभिनयको प्रशंसामा शब्द खर्चिएका छन् । प्रायःले फिल्मको कथावस्तुलाई अर्गानिक भनेका छन् ।

सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायले पुर्ख्यौली पेशा धानेर बस्दा भोग्नुपरेको विभेद, समाजका कथित माथिल्लो वर्गले गरेको शूद्र व्यवहार, थिचोमिचो सहेर गन्धर्व समुदायले बाँच्नु परेको जीवन, आर्थिक अभावका कारण गन्धर्व समुदायमा शिक्षाको अवस्थालाई ट्रेलरले मर्मस्पर्शी रुपमा देखाएको छ । विजय बरालको अभिनय ट्रेलरमा सशक्त लाग्छ । उनले बोलेका केही संवाद मनछुने छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रिया हेर्दा फिल्मप्रति दर्शकको चासो बढेको प्रष्ट देखिन्छ ।

पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’ शैलीका फिल्मले व्यापारिक सफलता हासिल गरिरहेकाले यसले पनि राम्रो व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसमाथि तिहारमा फिल्मलाई सोलो रिलिजको अवसर मिलेको छ । बलिउडबाट दुई ठूला सिरिज फिल्म ‘सिंघम ३’ र ‘भूल भूलैयाँ ३’ आउन लागेको भए पनि प्रतिस्पर्धामा नेपाली फिल्म छैनन् । यसैले ‘वर्ड अफ माउथ’ राम्रो भएको खण्डमा फिल्मले तिहार विदाको फाइदा उठाउन सक्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विजयसहित प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदीको निर्माण रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ ।

 

Most Visited News (monthly)