मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के ‘१२ गाउँ’को सिक्वेल बन्छ ?

फिल्मीखबर, काठमाडौं, 2024/10/21

biraj bhatta and samir bhatta

 

करिब एक दशकयता नेपालमा एक्सन फिल्म विरलै बने । जति बने, ती अपेक्षित चलेनन् । जसले गर्दा कमेडी, सामाजिक कथा र लभस्टोरी फिल्मको बाढी आयो । बजारमा पनि यही स्वीकार्य भयो । तर, हरेक एक दशकमा फिल्मले आफ्नो ‘ट्रयाक’ परिवर्तन गर्छ । यसकै संकेत हो, एक्सन कथावस्तुमा बनेको फिल्म ‘१२ गाउँ’ले प्राप्त गरेको सफलता ।

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको १० दिनमै १० करोडमाथि कमाइसकेको यो फिल्म यस वर्षको ‘ब्लकबस्टर’ घोषित भइसकेको छ । विगत एक दशकमा यो किसिमले कुनै एक्सन फिल्म चलेका थिएनन् । फिल्मको कलात्मक पक्षलाई लिएर भइरहेको बहस एक ठाउँमा होला, तर ‘१२ गाउँ’ले मृत्युप्रायः रहेको एक्सन जनरालाई पुनःस्थापित गरेको छ । यसले अब ‘एक्सन युग’को संकेत गर्छ ।

विश्वव्यापी ‘ट्रेन्ड’ के छ भने फिल्म व्यावसायिक रुपमा सफल भएपछि त्यसको सिक्वेल वा सिरिज बनाइन्छ । के ‘१२ गाउँ’को पनि सिक्वेल बन्छ ? अहिले आम दर्शकमा यो चासोको विषय बनेको छ । फिल्मका निर्माता तथा निर्देशक विराज भट्ट अहिले नै सिक्वेलको विषयमा नसोचेको बताउँछन् । भन्छन्, ‘म चाँडै अर्को फिल्म त बनाउँछु नै । सिक्वेलका लागि चाहिँ ‘प्लानिङ’ गरिसकेका छैनौं । अहिले ‘१२ गाउँ’कै लागि दौडधुप छ । यो अवस्थामा अर्को फिल्म कुन हुन्छ भनेर सोचेकै छैन ।’

यद्यपि, विराजले सिक्वेलका लागि ठाउँ छाड्दै ‘१२ गाउँ’को अन्त्य गरेका छन् । कथालाई निरन्तरता दिने गरी फिल्मको ‘ओपन इण्डिङ’ राखिएको छ । र, फिल्मले बक्स अफिसमा प्राप्त गरेको सफलता हेर्दा विराज सिक्वेल नबनाइ बस्न सक्ने छाँट देखिँदैन । फिल्मका वितरक गोविन्द शाहीले भने सिक्वेल बन्ने दाबी गरेका छन् । अभिनेता समीर भट्टले फिल्म ‘बलिदान’ सकाएपछि ‘१२ गाउँ’को सिक्वेल बन्ने उनको भनाई छ । यद्यपि, यसको पुष्टि विराजले गरेका छैनन् ।

Most Visited News (monthly)