मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दुई महिनामा वर्षाले पाएको हिट र फ्लप

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Barsha Siwakoti

 

अभिनेत्री वर्षा सिवाकोटीले निजी जीवन र फिल्मी करिअरमा ठूलो आरोह-अवरोह झेलेकी छन् । वैवाहिक जीवन एक वर्ष नपुग्दै टुंगियो । डेब्यु फिल्म ‘नाइँ नभन्नू ल २’ र दोस्रो फिल्म ‘पशुपति प्रसाद’पछि उनका १२ वटा फिल्म श्रृंखलाबद्ध रुपमा असफल भए । जसले उनको करिअर नै संकटग्रस्त बनायो । तर, ‘प्रतिक्षाको फल मीठो हुन्छ’ भनेझैँ वर्षाले ७ वर्षपछि ‘परदेशी २’बाट हिटको स्वाद चाखिन् । यसले उनका लागि सफलताको ढोका खोलेको जस्तै देखिन्छ ।

गत वर्षको दशैंमा ‘परदेशी २’ले सफलता हासिल गरेको थियो । यसपालिको दशैंमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘छक्का पञ्जा ५’ ब्लकबस्टर बनेको छ । यो उनको करिअरकै सबैभन्दा सफल फिल्म हो । यसले बक्स अफिसमा १५ करोड हाराहारीको व्यापार गरिसकेको छ । यो अंक ‘परदेशी २’को व्यापार (७ करोड) भन्दा झन्डै दुई गुणा बढी हो ।

‘छक्का पञ्जा ५’ सफल मात्र भएको छैन, वर्षाको अभिनय पनि रुचाइएको छ । यसअर्थ उनका लागि दुईटै हातमा लड्डूझैँ भएको छ । तर, ‘छक्का पञ्जा ५’ले सफलता हासिल गरिरहँदा दुई महिनाअघि (साउन १८ गते) उनकै फिल्म ‘मोदीबेनी’ बक्स अफिसमा डिजास्टर भएको थियो । यो फिल्मबाट उनले ठूलो अपेक्षा राखेकी थिइन् । तर, व्यापारिक नतिजा उनले सोचेजस्तो आएन ।

दुई महिनाको अन्तरालमा हिट र फ्लप फिल्मको साक्षी बनेकी वर्षाको यस वर्ष अर्को फिल्म पनि आउँदैछ, ‘झिल्को’ । आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । यो फिल्म पनि सफल भएको खण्डमा यस वर्षको विदाई उनको सुखद् हुनेछ । तथापि, ‘छक्का पञ्जा ५’को सफलताले उनको करिअरलाई चलायमान बनाउने निश्चित छ । अब उनले गर्ने फिल्म छनोट कस्तो रहन्छ, त्यो महत्त्वपूर्ण हो ।

Most Visited News (monthly)