मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाहको ७ वर्षपछि आमा बन्दै अशिष्मा

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Ashishma Nakarmi

 

‘फिगर कोकाकोला’ गर्ल अशिष्मा नकर्मी आमा बन्ने भएकी छन् । विवाह बन्धनमा बाँधिएको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । २०७४ सालमा उनले नविनचन्द्र प्रधानसँग विवाह गरेकी थिइन् । विवाहपछि श्रीमानसँग अमेरिकामा बस्दै आइरहेकी उनले सोमबार इन्स्टाग्राममा बेबी बम्पसहितको तस्वीरहरु सेअर गर्दै आमा बन्न लागेको खुसी साटेकी हुन् ।

उनले लेखेकी छन्, ‘हामीले सबैभन्दा मीठो रहस्यलाई लुकाउँदै आयौं । र, अब संसारसँग हाम्रो खुसी साझा गर्ने समय आएको छ । लामो प्रतीक्षापछि हाम्रो प्रार्थनाको जवाफ मिलेको छ । मार्च २०२५ मा हाम्रो खुसीको सौगात आउँदैछ ।’ उनको उक्त पोस्टमा अभिनेत्रीहरु सृष्टि श्रेष्ठ, रेश्मा घिमिरे, गरिमा पन्त, अभिनेता कर्मा शाक्य लगायतले बधाई दिएका छन् ।

अमेरिकामै सन्तानलाई जन्म दिन लागेकी अशिष्माले विवाहपछि फिल्म ‘मेला’ र नेवारी भाषाको फिल्म ‘लाखे आजु’मा काम गरेकी थिइन् । फिल्म ‘अर्धकट्टी’को ‘फिगर कोकाकोला’ गीतले उनलाई दर्शकमाझ चिनाएको थियो । उनको डेब्यु फिल्म भने ‘अन्तराल’ हो । ‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनीको फुल २’, ‘संरक्षण’ लगायतका करिब एक दर्जन फिल्ममा काम गरिसकेकी अशिष्माले थुप्रै नेपाली तथा नेवारी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

 

Most Visited News (monthly)