मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनले सुरु गरे ‘रंगी’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Rangi

 

अभिनेता सलोन बस्नेतले आफ्नो नयाँ फिल्म ‘रंगी’को छायांकन सुरु गरेका छन् । मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन थालिएको हो । फिल्मको छायांकन अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक सुरेश न्यौपाने हुन् ।

फिल्ममा सलोनसहित पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । नम्रताले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । बाबु-छोरीको कथामा बन्न लागेको फिल्मको निर्मातामा सक्षम सुवेदी छन् ।

सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको संगीत तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ । फिल्मलाई यसै वर्ष रिलिजको तयारी गरिएको छ ।

Most Visited News (monthly)