मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

चैत १ गतेलाई दयाहाङको ‘राजागञ्ज’ रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Rajagunj

 

विश्वका प्रतिष्ठित भेनिस, बुसान, ह्याम्बर्ग, मुम्बई फिल्म फेस्टिभलमा आफ्नो प्रभाव छाडेको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ । फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।

नेपालमा ‘राजागञ्ज’ नाममा फिल्म प्रदर्शन हुने भए पनि विदेशका फेस्टिभलहरुमा ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ हुँदै आएको छ । फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यप जोडिएका छन् । हालै अंग्रेजी म्यागजिन भेराइटीसँगको कुराकानीमा अनुरागले यो फिल्ममा जोडिन पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताएका छन् ।

फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए । सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो । उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिका समेत निभाइसकेका छन् ।

‘राजागञ्ज’मा दयाहाङसहित आशा मगराती, विजय बराल, नीकिता चाण्डक, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव लगायतको अभिनय छ । यो फिल्मलाई दयाहाङ सहासी महिलाको कथा मान्छन् । ‘यो आर्ट र कमर्शको उत्कृष्ट संगम हो । यसको मेकिङ, टेक्निकल लेयर्स र प्रस्तुति उच्चस्तरको छ,’ उनले भनेका छन् । यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

Most Visited News (monthly)