मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘देववाणी’ टिजरमा कुन्दनको एक्सन अवतार

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Kundan Bhardwaj

 

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक १ मिनेट १५ सेकेण्ड लम्बाई टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । गाउँलेको रक्षाका लागि एक पात्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको टिजरले जनाउँछ । अभिनेता कुन्दन भारद्वाजलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

बाबु साहेब बलामी निर्देशित फिल्ममा कुन्दनसहित सुनिल थापा, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमिल्सेना, ह्यारी जोश (बलिउड कलाकार), मौसम पौडेल लगायतको अभिनय छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा निर्माण गरिएको निर्देशक बलामीले जानकारी दिए ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको निर्माण रहेको फिल्ममा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । यसमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद लेखन, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन तथा मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।

 

Most Visited News (monthly)