मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तेल भिसा’को गीतमा दीलिपदेखि अरुणिमासम्मको नृत्य

फिल्मीखबर, काठमाडौं, 2024/10/22

Bipin Karki, Barsha, Dilip, Sushil, Richa, Usha, Arunima

 

निर्देशक शंकर घिमिरेको कमब्याक फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति नजिकिँदै गर्दा श्रृंखलाबद्ध रुपमा पोस्टर तथा गीतहरु सार्वजनिक भइरहेका छन् । ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि मंगलबार फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरियो । अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।

अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर नृत्य गर्दै प्रस्तुत छन् भने फिल्मका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा देख्न सकिन्छ ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । यसमा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् । ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’को निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । यसमा सुशन प्रजापतिको छायांकन छ ।

मंगलबार गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि फिल्म गर्दा एकदमै उर्जा महसुस भएको अनुभव सुनाइन् । भन्छिन्, ‘फिल्म नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै उर्जा आउने रहेछ । १० वर्षपछि फिल्म गर्दा त्यो महसुस गरेँ । यस्तो लाग्यो मेरो झुकाव र लगाव फिल्मप्रति नै रहेछ ।’

 

Most Visited News (monthly)