मिति : २०८१ कार्त्तिक ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६० लाखको भिडियोमा साम्राज्ञी

फिल्मीखबर, काठमाडौं, 2024/10/23

samragyee r l shah

 

यतिबेला अभिनेत्री साम्राज्ञी आरएल शाहको करिअर सन्तुलित छैन । श्रृंखलाबद्ध रुपमा उनका फिल्म असफल भइरहेका छन् । ७ वर्षमा उनका ७ वटा फिल्म चलेनन् । अब उनको करिअर कसरी अगाडि बढ्छ भन्नेमै अन्योल देखिन्छ । डेब्यु फिल्म ‘ड्रिम्स’पछि उनी सर्वाधिक डिमान्डेड र महंगी अभिनेत्री बनेकी थिइन् । तर, फिल्म छनोटमा चुक्दा उनको करिअर नै संकटमा परेको छ ।

साम्राज्ञीले फिल्ममा मात्र होइन, म्यूजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदै आएकी छन् । यद्यपि, उनले यसलाई खासै प्राथमिकता दिने गरेकी छैनन् । १/२ वर्षमा उनको एउटा म्यूजिक भिडियो आउँछ । यसपटक भने उनले नेपालकै सबैभन्दा महंगो म्यूजिक भिडियोमा काम गरेकी छन् । ६० लाखको लगानीमा तयार भएको ‘मालती’ बोलको डान्सिङ शैलीको गीतमा साम्राज्ञीको जोडी विशाल खरेलसँग बाँधिएको छ । गीतलाई दशैंअघि थाइल्याण्डमा खिचिएको हो ।

बुधबार मोडल खरेलको जन्मदिनमा गीत छायांकनका केही तस्वीरहरु सार्वजनिक गरिएको छ, जसमा साम्राज्ञी बोल्ड अवतारमा प्रस्तुत छिन् । एक सातासम्म थाइल्याण्डमा छायांकन गरिएको गीतमा त्यहाँका चर्चित मोडलहरुलाई कोरसमा उतारिएको निर्देशक सञ्जय न्यौपानेले जानकारी दिए । यो गीतले नेपाली म्यूजिक भिडियोलाई अन्तरर्राष्ट्रिय बजारमा चिनाउने उनको दाबी छ ।

फिल्मको कुरा गर्दा यतिबेला साम्राज्ञीसँग ‘रुमानी रंग’ मात्र छ । यो पनि उनले करिब एक वर्ष अगाडि सम्झौता गरेकी हुन् । तर, निर्देशक हेरफेरले फिल्मको छायांकन नै सुरु हुन सकेको छैन । यसमा उनको जोडीको रुपमा अभिनेता धीरज मगर देखिँदैछन् । यसअघि उनीहरुले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरेका थिए ।

Most Visited News (monthly)