मिति : २०८१ कार्त्तिक ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को दोहोरी गीतमा विजय र अञ्जनाको घोचपेच र प्रेम

फिल्मीखबर, काठमाडौं, 2024/10/23

Bijay Baral, Anjana Barail

 

झिलिमिलीको पर्व मानिने तिहारको विदा पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार युट्युबमार्फत् सार्वजनिक दोहोरी ब्याटल शैलीको ‘रैयाँ चाँदीको’ गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ भने नवराज पन्तको शब्द रचना तथा गायक अविरल स्वयंको संगीत छ ।

गीतको भिडियोमा फिल्मका दुई प्रमुख पात्र विजय बराल र अञ्जना बराइली सर्तसहित रोधी बसेका छन् । बाटुली (अञ्जना) हारे पूर्णे (विजय)को श्रीमती बन्ने अनि पूर्णे हारे बाटुलीको घरमा हली बस्नुपर्ने सर्त राखिएको छ । त्यो सर्त स्वीकार गरेर दुवै रोधी बस्छन् । झन्डै ९ मिनेट लम्बाईको गीतमा घोचपेच र प्रेमका कुरा समेटिएको छ । अन्तिममा अञ्जनाले रोधी हारेपछि विजयले उनलाई साथमा लिएर जान्छन् । गीतमा गायन, शब्द र संगीतको उत्कृष्ट संयोजन छ । भिडियो पनि आकर्षक छ ।

फिल्मको एकपछि अर्को सशक्त ‘कन्टेन्ट’ आइरहेका छन् । अघिल्लो साता सार्वजनिक ट्रेलरले अब्बल प्रतिक्रिया प्राप्त गरेको छ । ‘काँधेकुरी’ गीत पनि टिकटक जस्ता प्लेटफर्ममा लोकप्रिय बनिरहेको छ । ‘स्टारकास्ट’ र प्रचार अभियान पनि बलियो देखिएकाले फिल्मले घरेलु बक्स अफिसमा राम्रो व्यापार गर्न सक्ने छनक देखिन्छ । ‘वर्ड अफ माउथ’ अब्बल रहेको खण्डमा फिल्मले ५ दिन लामो तिहार विदामा आक्रामक व्यापार गर्न सक्छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

Most Visited News (monthly)