मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/10/24

Firfire Firiri

 

नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर-कमेडी । बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र फिल्म बनेका छन् । छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फिरफिरे फिरिरी’ भने हरर-कमेडी हो । अर्थात् फिल्मले हँसाउने र तर्साउने दुवै उद्देश्य बोकेको छ । बिहीबार सार्वजनिक ट्रेलरले पनि कथावस्तुबारे प्रकाश पार्छ ।

२ मिनेट ४२ सेकेण्ड लम्बाईको ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका चार युवकहरुको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हाँस्य शैलीमा देखाएको छ । ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।

‘जुलेबी’ फेम्ड निर्माता नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् ।

मनोज कुमार अधिकारी फिल्मका निर्माता हुन् । उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए । नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ ।

 

Most Visited News (monthly)