मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ पुनः प्रदर्शन, तर ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ थ्रेट

फिल्मीखबर, काठमाडौं, 2024/10/25

फिल्म 'सानो संसार' घटस्थापनामा प्रदर्शन हुने | Nepal's first 24-hour  updated news portal - Ratopati

 

दशैंका दुई ‘ब्लकबस्टर’ फिल्म ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले बक्स अफिसमा अझै आफ्नो पकड गुमाएका छैनन् । उच्च शो र अकुपेन्सीसहित दुवै फिल्मले तेस्रो हप्तामा पनि आक्रामक व्यापारलाई जारी राखेका छन् । तिहारसम्म यो गति रोकिने छाँटकाँट देखिँदैन । यी दुई फिल्मको चुनौतीका बीच शुक्रबारबाट भने फिल्म ‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । तर, यसलाई हलमा ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ नै ठूलो ‘थ्रेट’ हुन् ।

‘सानो संसार’ पहिलो पटक गत असोज ११ गते सार्वजनिक प्रदर्शनमा आएको थियो । तर, प्रदर्शनको दिनदेखि परेको भारी वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि निर्माताले दुई दिनमै हलबाट फिल्म उतार्ने निर्णय गरेका थिए । दोस्रो प्रदर्शनमा फिल्मलाई हल संख्या ज्यादै न्यून छ । ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’का कारण मल्टीप्लेक्सहरुमा शो पनि पर्याप्त मिलेको छैन । यो अवस्थामा फिल्मको व्यावसायिक भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

दुई चरणको प्रिमियरमा अब्बल प्रतिक्रिया प्राप्त गरेको फिल्मले मध्यम वर्गीय परिवारको कथालाई उठाएको छ । सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना (केदार घिमिरेकी श्रीमती), राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ । यी सबै कलाकारको यो पहिलो फिल्म हो ।

सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको फिल्मको निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्मातामा माधव वाग्ले छन् । फिल्म बन्नुअघि ‘सानो संसार’ सिरिज थियो । केही भाग प्रशारण समेत भइसकेको थियो । सिरिज मन परेपछि निर्माता कुमारले यसमा फिल्म बनाउने निर्णय गरेका थिए । सिरिजको कथामा फिल्म निर्माण भएको सम्भवतः पहिलो पटक हो ।

Most Visited News (monthly)