मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’को नेपाली र हिन्दी संस्करण एकैदिन रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2024/10/25

harso dirga

 

नेपाली र साउथ कलाकारहरुको ‘पल्टन’ लिएर निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ६ करोडमाथिको बजेटमा निर्माण भएको फिल्मलाई नेपालीसहित हिन्दी र तेलुगू भाषामा पनि तयार पारिएको छ । त्यसमध्ये नेपाली र हिन्दी संस्करणलाई एकै मितिमा रिलिज गरिने निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन् ।

फिल्मको नेपाली र हिन्दी भर्सन विदेशमा पनि एकसाथ लाग्नेछ । अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको कम्पनी सेभेन सिजले नेपाल रिलिजको एक सातापछि फिल्मको दुवै संस्करणलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने जनाएको छ । फिल्मको तेलुगू भर्सन भने सन् २०२५ को जनवरी अर्थात् आगामी माघ अन्तिममा रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

दशैंमा रिलिज भएको टिजरले फिल्मको राम्रो ‘हाइप’ निर्माण गरेको छ । दुई सातामा झन्डै १० लाख भ्यूज प्राप्त गरेको टिजरलाई दर्शकले ‘धमाका’ भनेका छन् । तर, धेरैले साउथ कलाकार ब्रह्मानन्दमको भूमिकामा गरिएको नेपाली स्वरांकन मन पराएका छैनन् । यसैले उनको भागको नेपाली स्वरांकन निर्माताले परिवर्तन गरेको जनाइएको छ । फिल्ममा साउथबाट ब्रह्मानन्दमसहित अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको पनि अभिनय छ भने अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । धनन्जय गलानी कार्यकारी निर्माता रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।

 

Most Visited News (monthly)