मिति : २०८१ कार्त्तिक ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केटी हराएको सूचना’को पोस्टरमा गम्भीर भावमा नाजिर र सृष्टि

फिल्मीखबर, काठमाडौं, 2024/10/25

Missing_Movie

 

यही कात्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को चरणबद्ध रुपमा पोस्टर तथा टिजर सार्वजनिक भइरहेका छन् । दुई चरणमा टिजरपछि शुक्रबार दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका दुई प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले उनीहरुको मनोभाव दर्शाउँछ । पृष्ठभूमिमा अखबारको पृष्ठ छ, जसमा विभिन्न शीर्षकमा प्रकाशित छन् ।

फिल्मलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिचर फिल्म हो । उनले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए, जुन निकै चर्चित मानिन्छ । फिल्ममा उनी स्वयंको लेखन तथा निर्माण छ । फिल्मको कार्यकारी निर्माता भने नकिम उद्दिन हुन् । यसअघि सार्वजनिक दुईवटा टिजरले फिल्मको कथा रहस्यमयी रहेको बुझाउँछ ।

फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको पनि अभिनय छ भने अमितेष शाह विशेष भूमिका छन् । यसमा अमर महर्जनको डीओपी छ भने दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाले गीतमा संगीत भरेका छन् ।

Most Visited News (monthly)