मिति : २०८१ कार्त्तिक १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिन र सौरभप्रति वितरकको विश्वास, निर्माण नहुँदै विदेशमा बिक्यो ‘कर्मा’

फिल्मीखबर, काठमाडौं, 2024/10/25

karma movie - bipin karki

 

पछिल्लो समय फिल्मको लगानी उठाउन नेपाली निर्माता हलको व्यापारमा मात्र निर्भर हुनुपर्ने अवस्था छैन । विदेश राइट्स पनि आम्दानीको राम्रो स्रोत बनेको छ । अझ सफल फिल्मको सिक्वेल र सिरिज हुनुपर्छ, निर्माण नहुँदै विदेश राइट्सबाटै लगानी उठिसक्छ । नाम चलेका कलाकारका फिल्म पनि सजिलै बिक्री हुने गरेका छन् । विदेश राइट्स बिक्री वितरणको ‘ट्रेन्ड’ले नेपाली निर्मातालाई धेरै ठूलो राहत दिएको छ ।

विदेशमा राम्रो माग हुने र चल्नेमा अभिनेता विपिन कार्कीका फिल्म पनि पर्छन् । ‘जात्रा’ श्रृंखला होस् या ‘प्रसाद’, विदेशमा राम्रो चलेका थिए । यसैले त उनको आगामी फिल्म ‘कर्मा’ निर्माण नै नहुँदा विदेशमा बिक्री भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको हो । स्रोतका अनुसार, फिल्ममा हुने लगानीको तीन भागको एक भाग विदेश राइट्सबाट उठेको छ । यद्यपि, मूल्य भने खुलाइएको छैन ।

‘कर्मा’ निर्माण नहुँदै विदेशमा बिक्री हुनुमा यसका निर्देशक सौरभ चौधरीको अघिल्लो फिल्म ‘अगस्त्य’ले अन्तर्राष्ट्रिय बजारमा गरेको ‘पर्फमेन्स’ पनि महत्त्वपूर्ण कारण हो । आलोचनाका बावजूद फिल्मले नेपालसहित विदेशमा राम्रो प्रदर्शन गरेको थियो । वितरक कम्पनी सेभेन सिजले विपिन र सौरभप्रति विश्वास गरेर निर्माण अगावै फिल्मको वितरण अधिकार किनेको देखिन्छ ।

आगामी मंसिर दोस्रो सातापछि छायांकनमा जान लागेको फिल्ममा विपिन पहिलो पटक एक्सन भूमिकामा देखिँदैछन् । उनीबाहेक अरु कलाकार भने निश्चित भएका छैनन् । आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्साल निर्मातामा छन् ।

Most Visited News (monthly)