मिति : २०८१ कार्त्तिक १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘अग्निदहन’को रत्यौली गीत ‘दाई दाई नभन मलाई’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/10/26

agnidahan

 

बोक्सी कुप्रथाविरुद्धको फिल्म ‘अग्निदहन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दाई दाई नभन मलाई’ बोलको लोक लयको गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको युगल गायन छ भने परशुराम अधिकारीको संगीत तथा लोकमणि पौडेलको शब्द रचना छ । गीतको भिडियोलाई विवाहको सेटअपमा तयार पारिएको छ, जहाँ महिलाहरु रत्यौलीमा रमाइरहेका छन् ।

धर्मेन्द्र पौडेलले कोरियोग्राफी रहेको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे लगायत नृत्य गर्दै प्रस्तुत छन् । यसमा रत्यौली खेल्दा छोरी मान्छे केटाको भेषमा नाच्ने प्रचलनलाई पनि देखाइएको छ, जसलाई ‘लुठो’ भनिन्छ । भिडियोमा रमा त्रिपाठी दौरा सुरुवाल, स्टकोट र ढाका टोपी लगाएर ‘लुठो’ बनेकी छन् ।

लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।

फिल्मलाई घनश्याम लामिछानले निर्देशन गरेका हुन् । मान्छे बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म बनाएको उनको भनाई छ । मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

 

Most Visited News (monthly)