मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ वर्षपछि निर्देशनमा फर्किँदै ऋषि, मुख्य भूमिकामा केदार निश्चित हुन् ?

फिल्मीखबर, काठमाडौं, 2024/10/27

KEDAR GHIMIRE MAGNE BUDA

 

निर्देशक ऋषि लामिछानेले ८ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । कमेडी कथावस्तुमा बन्न लागेको फिल्मबाट उनी निर्देशनमा फर्किन लागेका हुन् । आगामी माघ १५ गतेबाट छायांकनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि, नाम तय भइसकेको छ । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘सरी ल’, ‘श्रीमान् श्रीमती’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।

फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् । घोराही उप-महानगरपालिका-४ को वडा अध्यक्ष समेत रहेका उनले यसअघि ‘खबरदार’ र ‘इच्छा’ फिल्मको निर्देशन गरेका थिए । आफू जनप्रतिनिधि भएकाले यसपटक फिल्म निर्देशन गर्न सम्भव नभएको उनले बताए । फिल्मका लागि यतिबेला उनको दाङ र काठमाडौं ओहोरदोहोर बाक्लिएको छ ।

समीक्षक समेत रहेका सामिप्यराज तिमल्सिनाले फिल्मको स्क्रिप्ट तयार पारेका छन् । स्क्रिप्ट फाइनल गरेर निर्माण टिम कलाकार छनोट प्रक्रियामा जुटेको छ । निर्माता घिमिरेले शनिबार आफ्नो फेसबुकमार्फत् फिल्ममा कलाकार केदार घिमिरे (माग्ने बुढा)सँग काम गर्ने सहमति भएको जनाएका छन् । तर, निकट स्रोतका अनुसार उनीसँग निर्माताको मौखिक सहमति मात्र भएको हो ।

केदारले तिहार लगत्तै फिल्म ‘जेरी अन टप’मा काम गर्दैछन् । सबै कुरा ठीक भए उनले यसपछि निर्देशक लामिछानेको फिल्मलाई समय दिनेछन् । केदारका साथै फिल्ममा अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्लसँग पनि कुरा अगाडि बढाइएको जानकारी प्राप्त छ । तर, उनको चर्को व्यस्तताले गर्दा सेड्युल मिलाउन समस्या देखिएको छ ।

Most Visited News (monthly)