मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा चर्कियो ‘१२ गाउँ’को माग, अमेरिका रिलिज तय

फिल्मीखबर, काठमाडौं, 2024/10/27

12 gau

 

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ घरेलु बक्स अफिसमा कीर्तिमान बनाउने बाटोमा छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा तिहार विदाभित्र ‘कबड्डी ४’ले बनाएको लगभग २३ करोडको ऐतिहासिक रेकर्ड तोडिन सक्ने देखिन्छ । तेस्रो हप्ताको शनिबारसम्म फिल्मले १९ करोडको आँकडा नघाएको छ । फिल्मको अनपेक्षित सफलताले फिल्म क्षेत्र नै आश्चर्यमा छ ।   

प्रदर्शनअघि ‘१२ गाउँ’को विदेश राइट्स खासै बिक्री हुन सकेको थिएन । वितरकहरुको रोजाईमा ‘छक्का पञ्जा ५’ परेको थियो । तर, नेपालमा ‘१२ गाउँ’ ब्लकबस्टर भएपछि विदेशमा माग चर्किएको छ । र, यतिबेला दिनहुँ कुनै न कुनै देशको राइट्स बिक्री भइरहेको छ । आधाउधी लगानी फिल्मले विदेश राइट्सबाटै उठाउने सम्भावना देखिएको छ ।

जापान, दुबई, क्यानडा, माल्टा, कोरिया, लेबनन, अष्ट्रेलिया जस्ता देशमा बिक्री भइसकेको ‘१२ गाउँ’ अब अमेरिकामा रिलिज हुने निश्चित भएको छ । आगामी नोभेम्बर २ अर्थात् कात्तिक १७ गते हली तिहारबाट अमेरिकाको १६ बढी सहरमा फिल्म प्रदर्शन हुन लागेको वितरक कम्पनी इ-पिक इन्टरटेनमेन्ट र र एभरेष्ट इन्टरटेनमेन्टले जनाएका छन् । वितरक अभिजित राई र रमेश भट्टले अमेरिकामा फिल्म बक्स अफिसमै रिलिज हुने बताए ।

अभिनेता विराज भट्टको निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टले डेब्यु गरेका छन् । पहिलो फिल्मबाटै ‘एक्सन स्टार’को रुपमा उदाएका समीरको एक्सन, नृत्य, सुगठित शरीर र आवाजलाई दर्शकले मन पराएका छन् । यसमा न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, दीया मास्के आदिको पनि अभिनय छ ।

Most Visited News (monthly)