मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

एजेन्सी, काठमाडौं, 2024/10/27

Pushpa producer clarifies Allu Arjun isn't involved in choreographer Jani  Master issue: 'Only aligned professionally' - Hindustan Times

 

कुनै बेला बलिउडको छायाँमा परेको साउथ फिल्म यतिबेला हलिउडलाई समेत टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँका स्टारहरु पनि उत्तिकै महंगा बनिरहेका छन् । उच्च पारिश्रमिक बुझ्नेमा साउथकै स्टारहरु अगाडि छन् ।

सुपरस्टार थलापति विजयले आफ्नो करिअरको अन्तिम फिल्म ‘थलापति ६९’का लागि २७५ करोड भारु पारिश्रमिक लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेका थिए । अब उनीभन्दा महंगा अभिनेता अल्लू अर्जुन बनेका छन् । उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक बुझेको ट्रयाक टलिउडले उल्लेख गरेको छ । योसँगै उनी सबैभन्दा महंगो पारिश्रमिक बुझ्ने भारतीय अभिनेता बनेका छन् ।  

‘पुष्पा’को सफलताले अल्लूको ‘स्टार भ्यालु’ मात्र बढाएन, उनको पारिश्रमिकमा पनि उल्लेख्य वृद्धि गर्‍यो । ‘पुष्पा’का लागि उनले करिब ५० करोड पारिश्रमिक बुझेका थिए । ‘पुष्पा २’को सफलतापछि उनको पारिश्रमिक थप वृद्धि हुनसक्ने देखिन्छ । यो फिल्म आगामी मंसिर २० गते प्रदर्शनमा आउँदैछ । यसले भारतीय बक्स अफिसमा सुनामी ल्याउने प्रक्षेपण गरिएको छ ।

ब्रान्डकै कारण ‘पुष्पा २’ले रिलिज अगावै डिजिटल राइट्सबाट लगभग लगानी सुरक्षित गरिसकेको छ । ५ सय करोडको बजेटमा निर्माण भएको फिल्मको ओटीटी राइट्स मात्र २७५ करोड भारुमा नेटफ्लिक्सले किनिसकेको छ भने म्यूजिक राइट्स ६५ करोड र स्याटलाइट राइट्स ८५ करोड भारुमा बिक्री भएको छ । यसले भारतमा ८ सय करोडको आँकडा नघाउने आँकलन गरिएको छ ।

Most Visited News (monthly)