मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ : प्रिमियरमा प्रशंसाको वर्षा, हलमा दर्शकको हाहाकार

फिल्मीखबर, काठमाडौं, 2024/10/28

फिल्म 'सानो संसार' घटस्थापनामा प्रदर्शन हुने | Nepal's first 24-hour  updated news portal - Ratopati

 

नेपाली फिल्म हलमा भन्दा ज्यादा प्रिमियरमा प्रशंसित र सुपरहिट हुन्छन् । प्रायः नेपाली फिल्मको प्रिमियरमा हलको सिट नै खाली हुँदैन । प्रशंसा उस्तै ओइरो आउँछ । हलमा निदाएर उठेकाहरु पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँधिदिन्छन् । र, त्यसलाई जित ठानेर फिल्मकर्मीहरु गदगद भइरहेका हुन्छन् । तर, जब फिल्म रिलिज हुन्छ, तब माहोल नै अर्कै देखिन्छ । प्रिमियरमा ‘हाउसफुल’ भएको फिल्म हलमा दर्शक अभावले दुई दिन पनि टिक्न सक्दैन ।

दुईपटक प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को हकमा पनि यस्तै देखियो । गत असोज ११ गते पहिलो पटक फिल्म प्रदर्शनमा आएको थियो । त्यसको तीन दिनअघि गरिएको प्रिमियरमा फिल्मले सानदार प्रतिक्रिया पायो । प्रिमियरमा पुगेका हरकोहीले उत्कृष्ट पारिवारिक फिल्मको संज्ञा दिए । तर, रिलिजको दिनदेखि परेको वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि व्यापार डामाडोल बन्यो । अन्ततः निर्माताले पुनः प्रदर्शन गर्ने निधो गर्दै दुई दिनमै हलबाट फिल्म उतारे ।

यही शुक्रबार फिल्मलाई पुनः प्रदर्शन गरियो । त्यसको दुई दिनअघि पुनः प्रिमियर गरिएको थियो । दोस्रो प्रिमियरमा पनि फिल्मले प्रतिक्रिया उस्तै बुलन्द पायो । तर, दुईपटकको प्रिमियरमा भएको वाहवाहीले पनि फिल्मलाई रि-रिलिजमा बचाउन सकेन । ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को चुनौतीका बीच पुनः प्रदर्शन भएको ‘सानो संसार’ले शनिबार समेत दर्शक आकर्षित गर्न नसकेपछि धेरै हलहरुले दुई दिनमै फिल्मलाई उतारिसकेका छन् ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले सोमबारका लागि फिल्मलाई जम्मा दुईवटा शो दिएको छ । र, दुईवटैमा बुकिङ हदै कमजोर छ । आइएनआई सिनेमाज्, बिग मुभिज, वान् सिनेमाज्, एफक्युब लगायत काठमाडौंका ठूला मल्टीप्लेक्सहरुबाट भने फिल्म उत्रिसकेको छ । यद्यपि, जतिले फिल्म हेरेका छन्, प्रशंसा गरेको देखिन्छ । तर पनि फिल्मलाई दर्शकको हाहाकार छ ।

‘सानो संसार’को असफलताले एउटा कुरा प्रमाणित गर्छ, प्रिमियरमा हुने वाहवाहीले कुनै अर्थ राख्दैन । र, यो फिल्मले हलमा घुँडा टेक्नुमा केही कारण महत्त्वपूर्ण छन् । यसमा स्थापित कलाकार थिएनन् । गीत र ट्रेलर पनि कमजोर निस्किए । प्रचार निर्माताको फेसबुकमा मात्र सीमित रह्यो । जसले गर्दा फिल्मप्रति दर्शकको ध्यान नै जान सकेन । दुईपटक नै ‘सानो संसार’ भगवान् भरोसामा रिलिज भएको थियो । तर, आशीर्वाद ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’लाई मात्र रह्यो ।

Most Visited News (monthly)