मिति : २०८२ वैशाख ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मिर्जापुर’ अब फिल्म, वेब सिरिजकै कलाकार दोहोरिने

एजेन्सी, काठमाडौं, 2024/10/28

Mirzapur: The Film Marks the Return of Divyenndu (Munna Bhaiya) and  Abhishek Banerjee (Compounder) – Release Dates Revealed for Theatrical and  OTT Platforms

 

ओटीटी प्लेटफर्ममा सर्वाधिक सफल वेब सिरिज ‘मिर्जापुर’को तीनवटा सिजन आइसकेको छ । अब यसको नाम, कथा र पात्रमा फिल्म बन्ने भएको छ । सोमबार निर्माण कम्पनी एक्सेल मुभिजले टिजरमार्फत् फिल्म निर्माणको घोषणा गर्‍यो । फिल्ममा सिरिजकै प्रमुख कलाकारहरु पंकज त्रिपाठी (कालीन भैया), दिव्येन्दु शर्मा (मुन्ना भैया) र अली फजल (गुड्डू पण्डित)को अभिनय रहनेछ ।

घोषणा टिजरमा पंकज त्रिपाठी कुर्सीमा बसेर भनिरहेका छन्, ‘तपाईंहरुले पनि मिर्जापुर आ-आफ्नो गद्दीमा बसेर हेर्नुभएकै होला । तर, अब यसपटक गद्दीबाट नउठे रिक्स छ ।’ र, अन्तिममा उनले भनेका छन्, ‘अब भौकाल पनि ठूलो हुनेछ र पर्दा पनि ।’ त्यसपछि उनीसहित दिव्येन्दु र अली एकसाथ देखिएका छन् । फिल्मलाई वेब सिरिजकै निर्देशक गुर्मीत सिंहले निर्देशन गर्नेछन् । उनले यसअघि ‘फोन भूत’, ‘वारनिङ’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

वेब सिरिजको दोस्रो सिजनमा दिव्येन्दु (मुन्ना भैया)को चरित्रलाई अन्त्य गरिएको थियो । तर, फिल्ममा भने उनी फर्किएका छन् । उनका कारण पनि फिल्मलाई लिएर दर्शक अधैर्य बनेका छन् । अभिषेक बनर्जीको पनि अभिनय रहने फिल्मलाई सन् २०२६ मा रिलिज गरिने सार्वजनिक टिजरमा उल्लेख छ । रितेश सिधवानी र फरहान अख्तरले फिल्मको निर्माण गर्नेछन् ।

तेस्रो सिजनसम्म आइपुग्दा ‘मिर्जापुर’को कथा धेरै अगाडि बढिसकेको छ । मिर्जापुरमा राज गर्न चाहने पात्रहरुबीचको संघर्ष सिरिजको मूल कथा हो । अब फिल्ममा यसैलाई देखाइन्छ वा केही फरक कथा बुनिन्छ, त्यो पखाईको विषय हो । घोषण टिजर हेर्दा ‘मिर्जापुर’ वेब सिरिजको ‘स्पिनअफ’ अर्थात् चरित्रमाथि केन्द्रित फिल्म हुनसक्ने देखिन्छ । किनकि, मुन्ना भैया फर्किएका छन् ।