मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुरलीधर भन्छन्, ‘समीर सुपरस्टार भएर जन्मियो’

फिल्मीखबर, काठमाडौं, 2024/10/30

गायक समेत रहेका अभिनेता मुरलीधर पछिल्लो समय विरलै फिल्ममा देखिने गरेका छन् । ‘भैरव’पछि उनले करिब ८ वर्ष फिल्म नै गरेनन् । गत वर्ष आएको फिल्म ‘काँडेतार’बाट उनको कमब्याक भयो । तर, फिल्म नचल्दा उनको चर्चा भएन । दशैंमा आएको उनको नयाँ फिल्म ‘१२ गाउँ’ले भने ठूलो सफलता हासिल गरेको छ । र, यसले उनलाई नयाँ पुस्तामा समेत चिनाएको छ ।

‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दा पनि मिडियाबाट टाढै बसेका मुरलीधर यसै साता पूर्वको एक हलमा अभिनेता विराज भट्टसँग एकसाथ देखिए । दर्शकसँग बसेर फिल्म हेरेपछि मिडियासँगको कुराकानीमा उनले विराजका छोरा समीर भट्टको खुलेरै प्रशंसा गरे । डेब्यु फिल्मबाटै समीर सुपरस्टार भएर जन्मिएको उनको तर्क छ ।

 

Murli Dhar


‘समीर सुपरस्टार भएर जन्मियो । बन्द मुठी सवा लाख बराबर हुन्छ । त्यसमा के हुन्छ कसैलाई थाहा हुँदैन । विराज भाईले त्यही काम गर्नुभयो । त्यो हिरालाई मुठीमा बन्द गरेर राख्नुभयो । २०/२५ वर्षपछि यसरी मुठी खोलिदिनुभयो कि त्यो कोहिनूर सुपरस्टार भएर जन्मियो,’ उनले भने, ‘म त समीरको आमालाई बधाई दिन चाहन्छु । उहाँले यस्तो छोरा जन्माउनुभयो कि पहिलो फिल्मबाट सुपरस्टार भएर जन्मियो । विराज भाईको कान्छो छोरा पनि हिरो छ ।’

‘१२ गाउँ’को छायांकनको बेला समीरको एक्सन देखेर आफू चकित परेको मुरलीधर स्मरण गर्छन् । ‘समीरको एक्सन हेर्दा उसको पहिलो फिल्म हो जस्तो लाग्दैन थियो,’ उनी सम्झन्छन्, ‘क्लाइमेक्समा उसले मलाई कुटेको सिन छ, त्यसबेला उसको डाइलग डेलिभरी ‘ननस्टप’ थियो । त्यो ‘वान सट’ सिन हो ।’ एक्सन, नृत्य, अभिनय सबैमा समीर ‘नम्बर वान’ रहेको उनको दाबी छ ।

‘१२ गाउँ’ यो किसिमले चल्छ भनेर कल्पना समेत नगरेका मुरलीधर यसलाई आफ्नो करिअरको ‘सेकेन्ड इनिङ’ मान्छन् । भन्छन्, ‘मैले फिल्म ‘भैरव’पछि ‘काँडेतार’ गरेको थियो । अहिले आएर ‘१२ गाउँ’ मेरो ‘सेकेन्ड इनिङ’ भएको छ ।’ यसमा मुरलीधरले नकारात्मक भूमिका निभाएका छन् । एनलगको जमानामा उनले २५ भन्दा बढी फिल्ममा काम गरेका छन् ।

Most Visited News (monthly)