मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मोहर’ र ‘मायाका रंगहरू’बाट हटेका छैनन् पल

फिल्मीखबर, काठमाडौं, 2024/10/31

अभिनेता पल शाहले ठूलो अपेक्षा राखेको फिल्म थियो, ‘रावायण’ । करिअरको ‘डु अर डाई’ मानेर उनले फिल्मका लागि दिलोज्यान दिएका थिए । समय र मिहिनेत पर्याप्त खर्चिए । फिल्मको ‘हाइप’ पनि राम्रो थियो । तर, बक्स अफिसमा फिल्मले मार खायो । नक्कली दाह्री-जुँगाका कारण भएको आलोचनाले पलले एक्सनमा गरेको मिहिनेत पनि छायाँमा पर्‍यो ।

 

Paul Shah


‘रावायण’को असफलता र पल मुछिएको एक प्रकरणका कारण सामाजिक सञ्जालमा एउटा तप्काले फिल्मविरुद्ध ‘बाइकट अभियान’ चलाउँदा उनलाई लिएर फिल्म बनाउन चाहने मेकरहरु झस्किएनन् मात्र, सम्झौता गरेको फिल्म ‘कल्ली’बाट समेत निकालियो । यो परिस्थितिलाई मध्यनजर गर्दै तिहारको लक्ष्मीपूजालाई प्रदर्शन मिति घोषणा गरिएको उनको नयाँ फिल्म ‘मायावी’को रिलिज नै सार्न निर्माता बाध्य भए । यो पलका लागि ठूलो झड्का थियो ।

‘रावायण’ रिलिज अगावै पलले ‘कल्ली’सहित ‘मोहर’ र ‘मायाका रंगहरू’ सम्झौता गरेका थिए । ‘कल्ली’बाट उनलाई हटाइएपछि ‘मोहर’ र ‘मायाका रंगहरू’का निर्माताले पनि पलको विकल्प सोच्न थालेको चर्चा चलेको थियो । दशैंको बेला ‘मायाका रंगहरू’मा अभिनेता मनिष राउत भित्रिएपछि पललाई हटाइएको अड्कलबाजी भएको थियो । तर, दुवै फिल्मबाट उनी हटेका छैनन् ।

पलले यसै साता ‘मायाका रंगहरू’का निर्देशक र निर्मातासँग अभिनेत्री पूजा शर्माको रेस्टुरेन्टमा भेट गरेका केही तस्वीर फेसबुकमा सेअर गर्दै बजारको आंशका र हल्लालाई गलत सावित गरेका छन् । यसका साथै ‘मोहर’का निर्माताले पनि तिहारको शुभकामना पोस्टरमार्फत् पल फिल्ममा यथावत् रहेको जनाएका छन् । यसरी हेर्दा अब पलले यी दुई फिल्ममा काम गर्नेछन् ।

 

mohar


पलले सुरुमा ‘मायाका रंगहरू’लाई समय दिएका छन् । आगामी मंसिर पहिलो साताबाट फिल्मको छायांकन सुरु गरिँदैछ । यसपछि उनले ‘मोहर’को छायांकन गर्नेछन् । ओम प्रतिकको निर्देशनमा बन्न लागेको यो फिल्ममा उनको जोडी अभिनेत्रीद्वय बेनिशा हमाल र नीति शाहसँग बाँधिनेछ । दुवै फिल्मका लागि उनले मोटो पारिश्रमिक लिएको चर्चा छ ।

Most Visited News (monthly)