मिति : २०८१ कार्त्तिक २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’को सानदार ओपनिङ, कमाए ८० करोड

फिल्मीखबर, काठमाडौं, 2024/11/02

Singham Again vs Bhool Bhulaiyaa 3 release Live Updates Major box office  clash - India Today

 

दीपावलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका बलिउडका दुई ठूला फ्रेन्चाइज फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ले बक्स अफिसमा सानदार ओपनिङ गरेका छन् । व्यापारमा टक्करको अवस्था देखिएको छ । ‘भूल भुलैया ३’भन्दा ‘सिंघम अगेन’ ७ करोडले अगाडि छ । दुई फिल्मले गरी एक दिनमै ८० करोडको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

निर्देशक रोहित शेट्टीको मल्टीस्टारर कप यूनिभर्स फिल्म ‘सिंघम अगेन’ले ‘ओपनिङ डे’मा भारु ४३ करोड ७० लाख कमाएको छ । यसलाई तरणले ‘उत्कृष्ट सुरुवात’ भनेका छन् । शनिबार भने फिल्मले ४० करोड आसपास व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ । कोइमोइका अनुसार दोस्रो दिन फिल्मको बुकिङमा केही गिरावट आएको छ ।

त्यस्तै, अनीस बज्मीको निर्देशनमा बनेको हरर-कमेडी फिल्म ‘भूल भुलैया ३’ले भारु ३६ करोड ६० लाखको ओपनिङ गरेको तरणले जनाएका छन् । उनले फिल्मको व्यापारलाई ‘असाधारण’को संज्ञा दिँदै फेसबुकमा लेखेका छन्, ‘सबै गणना र अनुमानलाई फिल्मले ठूलो अन्तरले गलत सावित गरेको छ ।’ यसको अघिल्लो श्रृंखलाले भने १४ करोड ११ लाखको ओपनिङ गरेको थियो ।

‘सिंघम अगेन’मा अजय देवगन, करीना कपूर, अक्षय कुमार रणवीर सिंह, टाइगर श्राफ, अर्जुन कपूर लगायतको अभिनय छ भने सुपरस्टार सलमान खान केमियो भूमिकामा प्रस्तुत छन् । फिल्मको ओपनिङ उत्कृष्ट हुनुमा सलमानको उपस्थिति पनि महत्त्वपूर्ण मानिएको छ । ‘दबंग’को ‘आइकनिक’ चरित्र ‘चुलबुल पाण्डे’को रुपमा उनको इन्ट्री गराएर फिल्मको अन्त्य गरिएको छ । यसको अर्थ अब अजय र सलमानलाई लिएर रोहितले फिल्म बनाउनेछन् ।

‘भूल भुलैया ३’मा भने कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित र तृप्ति डिमरी मुख्य भूमिकामा छन् । यो फिल्मको ओपनिङ कार्तिकको करिअरकै सबैभन्दा उच्च हो । ‘शहजादा’, ‘सत्यप्रेमकी कथा’ र ‘चन्दू च्याम्पियन’ गरी तीन फिल्म श्रृंखलाबद्ध रुपमा असफल हुँदा उनको करिअर संकटग्रस्त बनेको थियो । ‘भूल भुलैया ३’को सानदार ओपनिङले उनलाई ठूलो राहत मिलेको छ ।

Most Visited News (monthly)