आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात् भाइटीका । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका र फूलको माला लगाउने चलन छ । भाइटीकाको टीका लगाउन आज दिनभर कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
११ः३७ बजे रहेको भाइटीकाको उत्तम साइतमा नेपाली फिल्मका कलाकारहरुले पनि विधिपूर्वक तिहारको टीका लगाएका छन् । अभिनेता हरिवंश आचार्यले जेठी दिदीको हातबाट टीका ग्रहण गरे । उनका दुई दिदी छन् । एउटी दिदी भने विदेशमा रहेको उनले जनाएका छन् । अभिनेता दीपकराज गिरीले पनि दिदीबाट भाइटीका लगाएको तस्वीर फेसबुकमा राखेका छन् ।
अभिनेता पल शाहले भने न्यूजिल्यान्ड गएर बहिनी रोशनी राज्यलक्ष्मी शाहको हातबाट टीका लगाएका छन् । विवाहपछि रोशनी न्यूजिल्यान्ड बस्दै आएकाले पल टीका ग्रहण गर्न केही दिनअघि त्यहाँ पुगेका थिए । यतिबेला प्रदर्शनरत फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गरेको अभिनयका कारण चर्चामा रहेका अभिनेता विजय बरालले पनि दिदीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
अभिनेत्रीहरु केकी अधिकारी, नीता ढुंगाना, वर्षा राउत, आँचल शर्मा, वर्षा सिवाकोटी, साम्राज्ञी आरएल शाह, नीति शाह, मलिका महत, दीपिका प्रसाइँ, सुष्मा कार्की, अभिनेताहरु अनमोल केसी, सन्दीप क्षेत्री, युवराज लामा, आसिफ शाह, सागर लम्साल, नरेन खड्का लगायतले पनि टीका लगाएका तस्वीरहरु सामाजिक सञ्जालमा राखेका छन् ।
तस्वीरहरु हेर्नुहोस् कलाकारहरुको भाइटीका