मिति : २०८१ कार्त्तिक २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जापानका १४ सहरमा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

फिल्मीखबर, काठमाडौं, 2024/11/04

harso dirga

 

यही कात्तिक ३० गते अर्थात् गुरु नानक जयन्तीको दिन पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को स्टारकास्ट र टिजर रिलिजपछि विदेशमा माग चुलिएको छ । यसैबीच, फिल्मको जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । विटिकेएस इन्टरटेन्मेन्टले फिल्मको जापान राइट्स लिएको हो । खरिद मूल्य भने खुलाइएको छैन ।

जापानको टोकियो, नारिता, नागोया, फुकुओका, चिबा, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका, एबीको, फुनाबासी लगायत १४ सहरमा फिल्म प्रदर्शन हुने निश्चित भएको वितरक विमल न्यौपानेले जनाएका छन् । यद्यपि, जापानका लागि रिलिज मिति भने घोषणा गरिएको छैन ।  

‘ह्रस्व दीर्घ’मा नेपाली र भारतीय कलाकारको पल्टन नै छ । यसमा साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, कवीर दुहान सिंह र सुनिल वर्मासहित नेपाली कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा लगायतको अभिनय छ ।
 
फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । द्वन्द्व निर्देशनमा स्थापित उनको यो पहिलो निर्देशित फिल्म हो । यसअघि उनले केही भोजपुरी फिल्मको भने निर्देशन गरिसकेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

Most Visited News (monthly)