मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामायण’ दुई भागमा बन्ने, दुई वर्षको दीपावली ‘बुक’

फिल्मीखबर, काठमाडौं, 2024/11/06

Ranbir Kapoor Ramayan Part 1 will release on 2026 Diwali Nitesh Tiwari  Ramayan Part 2 will come out on 2027 diwali अनाउंस हुई रणबीर कपूर की  'रामायण' की रिलीज डेट, 2 पार्ट

 

बलिउड सुपरस्टार रणबीर कपूर र साउथ अभिनेत्री साई पल्लवीको पहिलो सहकार्यमा तयार भइरहेको फिल्म ‘रामायण’ दुई भागमा निर्माण हुने भएको छ । बुधबार निर्माता नमित मल्होत्राले इन्स्टाग्राममा एक थिम पोस्टर सेअर गर्दै फिल्मको दुई भागको रिलिज मिति घोषणा गरेका छन् । दुवै भागलाई हिन्दूहरुको महान् चाड दीपावलीमा प्रदर्शन गरिने भएको छ ।

पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग सन् २०२७ को दीपावलीमा रिलिज हुन लागेको हो । निर्माता मल्होत्राले दुई भागको प्रदर्शन मिति घोषणा गर्दै भनेका छन्, ‘एक दशकभन्दा लामो समयदेखि मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउने प्रयास सुरु गरेको थिएँ । आज यसले आकार लिएको देख्दा रोमाञ्चित छु ।’  

करिब ८ सय करोड भारुमा निर्माण हुन लागेको फिल्मका निर्देशक नितेश तिवारी हुन् । उनले यसअघि ‘दंगल’, ‘छिछोरे’, ‘भूतनाथ रिटर्न्स’ जस्ता सफल फिल्म बनाएका छन् । यतिबेला छायांकन चलिरहेको ‘रामायण’मा रणबीर र साईले राम-सीताको भूमिका निभाएका छन् । केही समयअघि सुटिङ सेटबाट उनीहरुको लुक्स बाहिरिएको थियो ।

त्यस्तै, हनुमानको चरित्रमा अभिनेता सनी देओल र रावणको चरित्रमा साउथ सुपरस्टार यश देखिने चर्चा छ । यद्यपि, यसबारेमा निर्माण टिमबाट कुनै पुष्टि भएको छैन । लक्ष्मणको भूमिकामा भने रवि दुबे देखिनेछन् । भारतीय मिडियाका अनुसार, फिल्ममा रणबीरको दोहोरो भूमिका हुनेछ । उनी परशुराम (भगवान् विष्णुको छैठौँ अवतार)को भूमिकामा पनि देखिने जनाइएको छ ।