मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भूल भुलैयाँ ३’को सफलताले विद्यालाई राहत

एजेन्सी, काठमाडौं, 2024/11/10

Vidya Balan says she gained weight due to inflammation: What exactly goes  on? | Health and Wellness News - The Indian Express

 

बलिउड अभिनेत्री विद्या बालन लामो समयदेखि फिल्मको असफलतासँग जुध्दै आइरहेकी थिइन् । सन् २०१२ मा आएको फिल्म ‘कहानी’पछि उनका लगातार ८ वटा फिल्म असफल भए । सन् २०१९ मा आएको फिल्म ‘मिशन मंगल’ सफल भए पनि त्यसको जस उनले पाइनन् । गत अप्रिलमा उनको नयाँ फिल्म ‘दो और दो प्यार’ रिलिज भएको थियो । तर, यो पनि चल्न सकेन ।

१२ वर्षको अन्तरालमा ९ वटा फिल्म फ्लप हुँदा उनको करिअर नै संकटमा परेको थियो । तिहारमा आएको फेन्चाइज फिल्म ‘भूल भुलैयाँ ३’ले भने उनलाई ठूलो राहत दिएको छ । यो उनको करिअरकै सर्वाधिक कमाई गर्ने फिल्म समेत बनेको छ । ९ दिनमा १ सय ८० करोडको आँकडा नघाइसकेको फिल्मले दोस्रो हप्ताको अन्त्यसम्म भारतमै २ सय करोडमाथि कमाउने निश्चित प्रायः छ ।

फिल्मको सफलतालाई लिएर विद्या खुसी देखिएकी छन् । ‘भूल भुलैयाँ’ श्रृंखलामा १७ वर्षपछि जोडिएकी उनी भन्छिन्, ‘१७ वर्षपछि ‘भूल भुलैयाँ’मा फेरि जोडिएर मञ्जुलिकालाई जीवित गर्न पाउँला भनेर मैले सोचेकै थिइनँ । फिल्मले राम्रो प्रदर्शन गरिरहेकोमा म खुसी छु । यो मेरो अहिलेसम्मकै ठूलो फिल्म हो । के योभन्दा राम्रो अरु हुनसक्छ ?’

उनी आफ्नो फिल्म यात्रालाई लिएर सन्तुष्ट पनि छिन् । भन्छिन्, ‘म आफूलाई निकै भाग्यमानी मान्छु । अभिनेत्री बन्नु मेरो सपना थियो, अहिले त्यो सपना बाँचिरहेको छु । पैसा र प्रेम सबै मिलेको छ । म खुसी र सन्तुष्ट छु ।’ ‘द डर्टी पिक्चर’बाट बोल्ड अभिनेत्रीको छवि बनाएकी विद्याका ‘पा’, ‘तुम्हारी सुलु’, ‘कहानी’, ‘लगे रहो मुन्ना भाई’ जस्ता फिल्म यादगार मानिन्छन् ।