मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिभावक बन्दै संयम र आश्मा

फिल्मीखबर, काठमाडौं, 2024/11/11

Samyam Puri And Asma DC

 

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । अर्थात् उनीहरु अभिभावक बन्दैछन् । आइतबार आश्माले ‘बेबी सावर’ मनाएकी थिइन् । सोमबार उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेअर गरेकी छन्, जसमा उनले ‘मम्’ र संयमले ‘ड्याड’ लेखिएको क्यापटोपी लगाएका छन् । आश्मा आगामी मंसिरमा आमा बन्न लागेकी हुन् ।

संयम र आश्माले करिब एक दशक लामो प्रेम सम्बन्धलाई २०७९ सालको मंसिरमा विवाहमा परिणत गरेका थिए । विगत केही वर्षयता उनीहरु अमेरिकामा बस्दै आइरहेका छन् । संयम र आश्माले पहिलो पटक फिल्म ‘आभाष’मा एकसाथ काम गरेका थिए । यही फिल्मको बेला उनीहरुबीच प्रेम अंकुरण भएको थियो । यसपछि फिल्म ‘नाइँ नभन्नु ल ३’मा पनि दुवैले एकसाथ काम गरे ।

अभिनयमा अब्बल मानिएका संयमले ‘सायद’बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । यसपछि उनले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतका फिल्ममा अभिनय गरे । उनी लिड हिरोमा भने चल्न सकेनन् । अमेरिका गएपछि उनले अभिनयलाई निरन्तरता दिन सकेका छैनन् । आश्मा भने अमेरिका जानुअघि ‘रामप्यारी’मा देखिएकी थिइन् ।