मिति : २०८१ मंसिर ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ ‘कार्साङ’मा जितुको लुक्स

फिल्मीखबर, काठमाडौं, 2024/11/12

jitu nepal

 

शेर्पा समुदायको कथामा आधारित भएर बनेको फिल्म ‘कार्साङ’ आगामी पुष २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा रहेको फिल्ममा जितु नेपालको पनि अभिनय छ । मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्स र गेटअप हेर्दा आदिवासी जनजाती समुदायको चरित्र देखिन्छ ।

अग्लो स्थानको ढुंगामा टुक्रुक्क बसेका उनले हातमा बटुका लिएका छन् । उनले अनुहारको भाव विगारेको देख्दा बटुकामा नशालु पदार्थ हुनसक्ने अनुमान गर्न सकिन्छ । स्टकोट लगाएका उनको शिरमा कालो रंगको टोपी र खुट्टामा गमबुट छ । घुँडामा झोला अड्याएका छन् । पृष्ठभूमिमा भने ग्रामीण भूगोल चित्रित छ । पोस्टर हेर्दा जितुले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ ।

पोस्टरमा कविता लयको ‘मकै त पिन्ने घट्टामा, पिरती बस्यो ठट्टामा’ भन्ने वाक्य उल्लेख छ । यसबाट जितुको चरित्रचित्रण गरिएको हुनसक्छ । उनको कसैसँग प्रेम बसेको जानकारी दिन खोजिएको छ । ‘वडा नम्बर ६’पछि दयाहाङ र जितुबीच करिब ९ वर्षपछि सहकार्य भएकाले ‘कार्साङ’लाई लिएर दर्शकमा उत्सुकता देखिन्छ ।

यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पा लगायतको पनि अभिनय छ । सिर्जनाले यही फिल्मबाट डेब्यु गरेकी हुन् । उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् । जितुको जोडी भने दीया मास्केसँग बाँधिएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन र निर्माण रहेको फिल्मको प्रस्तुतकर्ता आङ छिरिङ्ग शेर्पा हुन् । सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । फिल्मको अन्तराष्ट्रिय वितरण अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।