मिति : २०८१ कार्त्तिक २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ वर्षपछि निर्देशनमा फर्किँदै सायमी, नारायणगोपालको बायोपिक बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/11/12

Prakash Sayami

 

कुनै बेलाका सफल निर्देशक हुन्, प्रकाश सायमी । उनले ‘पृथ्वी’, ‘सीमाना’, ‘अवतार’ जस्ता सफल फिल्म दिएका छन् । तर, उनी निर्देशनमा करिब ९ वर्ष मात्र सक्रिय रहे । सन् १९९० मा आएको ‘पिरती’बाट निर्देशनमा होमिएका उनको पछिल्लो फिल्म ‘हतियार’ (१९९९) थियो । यसपछि निर्देशनबाट टाढा रहेका उनी अचेल समालोचक एवं विश्लेषकको रुपमा बढी चिनिन्छन् ।

अब भने निर्देशक सायमी फिल्म निर्देशनमा फर्किने भएका छन् । स्वरसम्राट नारायणगोपालको बायोपिक फिल्मबाट उनी करिब २५ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् । यसै साता पोखरामा आफूद्वारा लिखित ‘स्वरसम्राट नारायणगोपाल’ नामक पुस्तक विमोचनको क्रममा उनले नारायणगोपालको जीवनमा आधारित फिल्म बनाउन लागेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म आफैंले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’मा फिल्म बनाउँदैछु । सोही फिल्ममार्फत् निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनी समय लिएर फिल्म बनाउने योजनामा छन् । फिल्मलाई सेल्युलोइड फर्म्याटमा निर्माण गर्ने उनको तयारी छ । अर्थात् पुरानो शैलीमा फिल्म बन्नेछ ।

पुस्तक विमोचनको क्रममा निर्देशक सायमीले आफूले फिल्म निर्देशन नछाडेको बरु केही समय विश्राम लिएको बताएका थिए । निर्देशनमा सक्रिय रहँदा एक मैथिली फिल्म ‘हंसा चलल परदेश’ समेत बनाएका सायमीका ११ भन्दा बढी नेपाली र अङ्ग्रेजी भाषामा पुस्तक प्रकाशित छन् । उनी विश्व प्रख्यात फिल्म स्टारदेखि गायक-गायिकाको बारेमा विशेष दख्खल राख्छन् ।

Most Visited News (monthly)