मिति : २०८१ कार्त्तिक २९, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुन-कुन फिल्म छन् ‘सिनेमाघर एप’मा ?

फिल्मीखबर, काठमाडौं, 2024/11/13

cinema-ghar.com

 

कोरोना महामारीभन्दा अघि नेपालका अधिकांश ओटीटी प्लेटफर्म मृत्युप्रायः थिए । कुनैले अपेक्षित रुपमा दर्शक तान्न सकेका थिएनन् । पैसा तिरेर ओटीटीमा फिल्म हेर्ने बानीको पनि विकास भएको थिएन । बरु हलमै पुग्ने वा युट्युबमा पर्खिनेको जमात ठूलो थियो । तर, कोभिडको समयमा हलहरु ठप्प हुँदा विश्वमै ओटीटीको दबदबा बढ्यो । नेपालीहरु पनि यसमा आकर्षित भए । यही समयमा जुरमुराएको ओटीटी प्लेटफर्म हो, ‘सिनेमाघर एप’

कोभिडअघि गुमनामझैँ रहेको यो एप अहिले नेपालकै अग्रणी ओटीटी प्लेटफर्म बनेको छ । हलमा सुपरहिट बनेका एकपछि अर्को फिल्म रिलिज भइरहनुले ‘सिनेमाघर’लाई दर्शकमाझ लोकप्रिय मात्र बनाइरहेको छैन, निर्माताहरु पनि आकर्षित भइरहेका छन् । एपमा फिल्म हेर्ने दर्शक बढ्न थालेपछि फिल्म रिलिजका लागि निर्माताहरुले चासो देखाउन थालेका छन् ।

यतिबेला ‘सिनेमाघर एप’मा दर्शकले मन पराएका र बक्स अफिसमा सफल ठहरिएका फिल्महरुको ताँती नै छ । दशैंको अवसरमा फिल्म ‘प्रेमगीत ३’ रिलिज भएको थियो । तिहारमा ‘घरज्वाइँ’ आयो । ‘कबड्डी ४’, ‘डिग्री माइला’, ‘पशुपति प्रसाद २’, ‘जारी’, ‘महापुरुष’ जस्ता फिल्म पनि यसमा रिलिज भइसकेका छन् । युटयुबमा आएपछि ‘कबड्डी ४’ र ‘जारी’ भने एपबाट हटेका छन् ।

‘सिनेमाघर एप’मा ‘चपली हाइट ३’, ‘पानीफोटो’, ‘प्रेमगञ्ज’, ‘जाइरा’, ‘मंगलम’, ‘रातो टीका निधारमा’, ‘दोख’, ‘कोहलपुर एक्सप्रेस’, ‘हिजो आजका कुरा’, ‘ब्लाइन्ड रक्स’, ‘डमरुको डण्डीवियो’, ‘गरुड पुराण’ जस्ता फिल्महरु पनि उपलब्ध छन् । यसमा फिल्म हेर्न २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यो एप सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ ।

नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डसँगै गुगल प्लेबाट पनि भुक्तानी गरेर एपमा फिल्म हेर्न सकिन्छ । यो एपका प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् भने अभिनेता समेत रहेका खगेन्द्र लामिछाने अध्यक्षको जिम्मेवारीमा छन् । अब ‘सिनेमाघर एप’ फिल्म तथा सिरिज निर्माणमा पनि हात हाल्ने तयारीमा रहेको जानकारी प्राप्त छ ।

Most Visited News (monthly)