मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ठगीको आरोपमा ऋचा र शंकरविरुद्ध प्रहरीमा उजुरी

फिल्मीखबर, काठमाडौं, 2024/11/13

Richa Ghimire

 

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तेल भिसा’का निर्देशक शंकर घिमिरे र अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । प्रहरीले उजुरी दिने व्यक्तिको नाम भने खुलाएको छैन ।

श्रीमान्-श्रीमती समेत रहेका शंकर र ऋचा एक दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन् । उनीहरुले ‘तेल भिसा’ पनि अमेरिकामा छायांकन गरेका हुन् । यतिबेला उनीहरु फिल्म रिलिजका लागि नेपालमा छन् । प्रहरीमा परेको उजुरीको बारेमा ऋचा र शंकरले कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘तेल भिसा’ शंकरको निर्देशनमा र ऋचाको अभिनयमा कमब्याक फिल्म हो । यसैले उनीहरु फिल्मलाई लिएर उत्साहित छन् । फिल्मले अमेरिका जाँदा नेपालीले भोग्नुपरेको कानुनी झमेलाको कथा उठाएको छ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्ममा वर्षा राउत, पूजा चन्द लगायतको पनि अभिनय छ ।