मिति : २०८१ मंसिर १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सारङ्गी’को दबदबाबीच ‘ह्रस्व दीर्घ’लाई सुखद् शो

फिल्मीखबर, काठमाडौं, 2024/11/13

युट्युबमा 'ह्रस्व दीर्घ'को ट्रेलर आक्रामक, दर्शक भन्छन्, 'हिन्दी फिल्मलाई  टक्कर'

 

लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले हलमा आफ्नो दबदबा कायम गरिरहँदा यही शुक्रबारबाट बक्स अफिसमा चुनौती दिन फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउँदैछ । बुधबारबाट देशभरका प्रायः मल्टीप्लेक्सहरुले फिल्मका लागि शो उपलब्ध गराउँदै बुकिङ खुला गरेका छन् । ‘सारङ्गी’को सुनामी व्यापारका कारण फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन ।

देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि फिल्मलाई देशभर कूल ४५ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा २१ र उपत्यकाबाहिर २४ शो छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले कूल ८ शो दिएको छ भने वान सिनेमाजले पनि नयाँ बानेश्वर र कालिमाटी स्टेशनमा गरी ८ शो उपलब्ध गराएको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित मल्टीप्लेक्सहरु एफक्युब र बिग मुभिजमा समान ५/५ शो, विएसआर मुभिजमा ४ शो पाएको फिल्मको केही हलमा अझै बुकिङ खुल्न बाँकी छ । फिल्मले पहिलो दिन एक सय हाराहारी शो पाउन सक्ने देखिन्छ । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ । साउथको ‘कंगुवा’ र नेपाली फिल्म ‘केटी हराएको सूचना’ रिलिज नहुने भएकाले फिल्मलाई धेरै ठूलो राहत मिलेको छ ।

‘ह्रस्व दीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो छ । नेपालीदेखि दक्षिण भारतका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । यसैले फिल्मप्रति दर्शकमा चासो देखिन्छ । अघिल्लो हप्ता सार्वजनिक ट्रेलरले पनि राम्रो हाइप बनाएकाले फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ । ६ करोडमा बनेको फिल्मले लगानी सुरक्षित गर्न १२ करोडमाथि कमाउनुपर्ने हुन्छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी लगायतको अभिनय छ । फिल्मलाई बलिउडका प्रसिद्ध छायाँकार कवीरलालले खिचेका हुन् ।