मिति : २०८१ मंसिर २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अग्निदहन’को पात्रबारे माओत्से भन्छन्, ‘धामी बन्न समस्या भएन’

फिल्मीखबर, काठमाडौं, 2024/11/14

Maotse Gurung

 

अभिनयमा पारंगत मानिन्छन्, माओत्से गुरुङ । रंगमञ्च पृष्ठभूमिका उनले हरेक प्रकारका चरित्रमा प्राण भरेका छन् । दुई दर्जन बढी फिल्ममा काम गरिसकेका उनको नयाँ फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ, जुन बोक्सी कुप्रथाको कथामा बनेको हो । यसमा उनी धामीको भूमिकामा छन् । ट्रेलरमा उनले बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरेको र मलमूत्र खुवाउन आदेश दिएको देख्न सकिन्छ ।

माओत्सेले धामीको चरित्र निभाउन धेरै मिहिनेत र पूर्वतयारी भने गर्नुपरेको थिएन । गाउँघरमा हुर्किएकाले बाल्यकालदेखि उनले धामी-झाँकी र महिलालाई बोक्सीको आरोप लगाएका घटना धेरै देखेका थिए । यसैले उनले आफूले देखेकै धामीबाट चरित्र निर्माण गरे । कुनै बेला उनका बुबा आफैं पनि सामान्य झारफुक गर्ने भएकाले उनलाई चरित्रमा ढल्न झनै सजिलो भयो ।

‘फिल्ममा म यस्तो व्यक्ति बन्नु थियो, जसले समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी भने गरिनँ । म गाउँमा जन्मे-हुर्केको मान्छे हुँ । धामी-झाँक्री र बोक्सी आरोपका थुप्रै घटनाहरू धेरै देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ,’ उनी भन्छन्, ‘सामान्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ ।’

ट्रेलर हेर्दा उनी क्रूर पात्र लाग्छन् । तर, आफू कथाको पात्र मात्र भएर काम गरेको उनको प्रष्टोक्ति छ । यो भूमिका निभाउन आफूलाई समस्या पनि नभएको उनी बताउँछन् । ‘फिल्म गर्दा होस् वा नाटक, मलाई जुनसुकै चरित्र निभाउँदा पनि ‘इमेज’ विग्रिएला कि भन्ने डर लाग्दैन । ‘अग्निदहन’मा धामीको चरित्र निभाइरहँदा पनि मैले यही कुरा मनन गरेको थिएँ,’ उनले भने ।

माओत्सेको बुझाईमा ‘बोक्सी’को आरोप लागेका महिलाप्रति सबै धामी क्रूर हुँदैनन् । कति धामीले मनोवैज्ञानिक रूपमा ‘ट्रिटमेन्ट’ गरेको पनि आफूले देखेको उनी स्मरण गर्छन् । तर, बोक्सीको नाममा महिलालाई दुःख दिनु भनेको चाहिँ अमानवीय कार्य मान्छन् उनी । ‘अग्निदहन’ले कोही पनि बोक्सी हुँदैन भन्ने सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

Most Visited News (monthly)