मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ युट्युबमा उपलब्ध

फिल्मीखबर, काठमाडौं, 2024/11/14

Satya Raj Acharya

 

१३ वर्षको अन्तरालमा दुईपटक हलमा प्रदर्शन गरिएको स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनकथामा आधारित फिल्म ‘आचार्य’ अब निःशुल्क प्लेटफर्म युट्युबमा उपलब्ध भएको छ । बुधबार फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । युट्युबमा फिल्मलाई अब्बल प्रतिक्रिया मिलेको छ । प्रायःले मनछुने फिल्म भनेका छन् ।

‘आचार्य’ पहिलोपटक २०६८ सालमा प्रदर्शन भएको थियो । त्यसबेला फिल्म अपेक्षित रूपमा चल्न सकेन । गायक आचार्यको निधनपछि उनको सम्झनामा फिल्मलाई गत असार ७ गते पुनः प्रदर्शन गरिएको थियो । दोस्रो प्रदर्शन पनि सफल हुन नसकेपछि यसका निर्माताले युट्युबमा फिल्म रिलिज गरेका हुन् । गत फागुन १४ गते गायक आचार्यको निधन भएको थियो ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा गायक आचार्यको जीवनका थुप्रै पाटाहरु केलाइएको छ । उनको सांगीतिक संघर्षदेखि सफलतासम्मको यात्रा देखाइएको छ । यसमा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् । उनीसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय रहेको फिल्ममा पाकिस्तानी गजल गायक गुलाम अली समेत प्रस्तुत छन् ।