मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्रस्व दीर्घ’मा आमा बनेकी विपना भन्छिन्, ‘सुरुमा त सिरिङ्ग भएँ’

फिल्मीखबर, काठमाडौं, 2024/11/14

कुनै बेला थियो, नेपाली फिल्ममा विपना थापा निर्विकल्प अभिनेत्रीझैँ थिइन् । विशेषगरी गाउँले र दुःखी चरित्रमा उनी पहिलो रोजाई बनेकी थिइन् । अभिनय पनि सशक्त भएकाले उनी करिब डेढ दशक करिअरको उचाइँमा रहिन् । तर, भारतीय नागरिकसँग विवाहपछि उनको अभिनयमा सक्रियता कम हुँदै गयो । सन्तान भएपछि त करिब १३ वर्ष अभिनयबाट पूर्ण रुपमा टाढा नै रहिन् ।

नेपाल आउजाउ बाक्लै भइरहे पनि फिल्ममा उनको पुनरागमन हुन सकेको थिएन । अब १३ वर्षपछि उनी फिल्म ‘ह्रस्व दीर्घ’बाट दर्शकमाझ पुग्दैछिन् । कुनै बेला हिरोइन भएर कयौं फिल्ममा काम गरेकी उनी यसमा भने आमाको भूमिकामा प्रस्तुत छिन् । फिल्ममा आमाको भूमिका गर्नुपर्ने प्रस्ताव आउँदा सुरुमा विपनालाई ‘गुसबम्प्स’ भएको रहेछ ।

 

bipana thapa 2


यसै साता काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, ‘आमाको क्यारेक्टर प्रस्ताव आउँदा मलाई ‘गुसबम्प्स’ भएको थियो । एकछिन त सिरिङ्ग भएँ । म त आमाको रोल गर्ने भएछु भन्ने महसुस भयो । यद्यपि, मलाई हरेक किसिमको रोल गर्ने मन छ । ‘तँ त साह्रै बिग्रि‍स् नि बद्री’मा मैले नेगेटिभ क्यारेक्टर समेत गरेको थिएँ । ‘ह्रस्व दीर्घ’ भने मेरो पहिलो क्यारेक्टर रोल हो । आफ्नो तर्फबाट कोसिस गरेको छु । फिल्म पनि एकदमै राम्रो बनेको छ ।’

उनी आफूलाई नायिकाभन्दा पनि कलाकार भन्न रुचाउँछिन् । र, उनी के कुरामा प्रष्ट छिन् भने कलाकार भएपछि जस्तोसुकै चरित्र पनि गर्नुपर्छ । त्यसका लागि उनी आफैं पनि तयार छिन् । समाजमा सकारात्मक सन्देश दिने खालको चरित्रमा काम गर्न रुचाउने विपना ‘ह्रस्व दीर्घ’मा आफ्नो त्यस्तै चरित्र रहेको दाबी गर्छिन् । उनी भन्छिन्, ‘यसमा मेरो चरित्र एकदम राम्रो छ । र, बलियो पनि ।’

नेपालीहरुले हलिउड र बलिउडका प्रायः सबै कलाकारहरु चिनेजस्तै नेपाली कलाकारहरुलाई पनि विदेशीहरुले चिन्ने दिन कहिले आउँछ भनेर विपना अक्सर सोच्ने गर्थिन् रे ! ‘ह्रस्व दीर्घ’बाट आफ्नो त्यो सपना पूरा भएकोमा उनी खुसी छिन् । यसमा भारतका कलाकारहरुले पनि काम गर्ने जानकारी पाएपछि उनी स्क्रिप्ट नै नपढी काम गर्न तयार भएकी रहेछिन् ।

‘हामी बलिउड र बलिउडका सबै कलाकारलाई चिन्छौं । तर, हाम्रो कलाकारलाई पनि विदेशीहरुले चिनोस् न भन्ने मेरो ठूलो सपना थियो । त्यो ठाउँसम्म हामी कहिले पुग्ने होला भनेर म धेरै सोच्थेँ,’ विपना भन्छिन्, ‘मेरो सपना पूरा गर्ने पूलको काम ‘ह्रस्व दीर्घ’ले गरेको छ । भारतका कलाकारहरुले पनि यसमा काम गर्ने जानकारी पाएपछि म स्क्रिप्ट नै नपढी काम गर्न तयार भएकी थिएँ ।’

 

bipana thapa 2


भारतीय कलाकारसँग काम गर्दा नेपाली कलाकारभन्दा कुनै फरक नपाएको उनको अनुभव छ । भन्छिन्, ‘भारतीय कलाकारहरु पनि एकदमै सहज हुनुहुन्थ्यो । मलाई त प्रदीप रावत (गजनी भिलेन)सँग काम गर्दा सुनिल थापा दाईसँग काम गरेकोजस्तै महसुस भयो । छायाँकार (बलिउडका कवीरलाल) पनि एकदमै सहयोगी र मिलनसार हुनुहुन्थ्यो ।’

चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘ह्रस्व दीर्घ’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली र कबीर दुहन सिंहले अभिनय गरेका छन् भने नेपाली कलाकारहरुमा विपनासहित नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा लगायतको अभिनय छ ।