मिति : २०८१ कार्त्तिक ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदर्शनमा उत्रियो ‘ह्रस्व दीर्घ’, बुकिङ ट्रेन्ड उत्साहप्रद

फिल्मीखबर, काठमाडौं, 2024/11/15

ह्रस्व दीर्घ'को पहिलो गीत सार्वजनिक

 

यतिबेला बक्स अफिस ‘पूर्ण बहादुरको सारङ्गी’को एकलौटी कब्जामा छ । व्यापारमा ऐतिहासिक छलाङ मारेको यो फिल्मले शो संख्या पनि उल्लेख्य लिएर बसेको छ । दुई हप्ता आक्रामक व्यापार गरेको फिल्मको रफ्तार अझै केही हप्ता कम हुने छाँटकाँट देखिँदैन । हलमा दर्शक ओइरिन छाडेका छैनन् । यो फिल्मको डरले साउथको ‘कंगुवा’ समेत नेपाल भित्रिएन । नेपाली फिल्म ‘केटी हराएको सूचना’को रिलिज नै पोस्टपोन्ड भयो ।

तर, शुक्रबारबाट ‘सारङ्गी’लाई चुनौती दिन फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा उत्रिएको छ । निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मले देशभर लगभग डेढ सय शो पाएको छ । फिल्मको हाइप, बजेट र स्टारकास्टको आधारमा यो शो संख्या कमजोर नै हो । ‘सारङ्गी’मा दर्शकको उछाल कायम रहेकाले हलहरुले फिल्मलाई पर्याप्त शो उपलब्ध गराउन नसकेका हुन् ।

‘ह्रस्व दीर्घ’को बुधबारबाट बुकिङ खुलेको थियो । फिल्मको देशभर बुकिङ ट्रेन्ड उत्साहप्रद देखिएको छ । बिहान ९ बजेपछिका धेरैजसो शो हाउसफुलको मुखमा छन् । नेपाली फिल्मको ‘डोरसेल’ अझ राम्रो हुने भएकाले फिल्मले बिहानी शोबाटै हाउसफुलको यात्रा सुरु गर्ने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएको खण्डमा दिउँसोबाट फिल्मले थप गति समात्न सक्छ ।

द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘ह्रस्व दीर्घ’ ६ करोडको बजेटमा निर्माण भएको हो । यसले लगानी सुरक्षित गर्न मात्र १२ करोडमाथिको व्यापार गर्नुपर्छ । ‘माउथ पब्लिसिटी’ राम्रो भए यो आँकडा टाढा भने छैन । अहिले नेपाली फिल्मले सजिलै १० करोडको आँकडा नघाइरहेका छन् । यस वर्ष मात्र चारवटा फिल्मले यो आँकडा पार गरिसकेका छन् ।

फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै छ । यसमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ । फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।

Most Visited News (monthly)